2026 April 25/ 08:00: 32pm

प्रारम्भिक संस्था पञ्चकुमारीमा सहकारी ऐन,
छाता संघका संचालक चुपचाप

    बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको पञ्चकुमारी बहुउदेश्यिय सहकारीले सहकारी ऐन र विभागले जारी गरेको ३५ बुँदे निर्देशनलाई हुबहु कार्यान्वयन गरेको छ । ६ जना सहकारीका संचालकहरुले सरकारी सेवामा रहेको भन्दै यस अघि नै राजिनामा दिए पछि शनिबार सम्पन्न साधारण सभाबाट नयाँ संचालक निर्वाचित गरिएको अध्यक्ष मधुसुदन पन्तले बताउनु भयो । 
    प्रारम्भिक संस्थाले सहकारी ऐन कार्यान्वयन गरेको अवस्थामा त्यहि संस्था सदस्य रहेको छाता संघ जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा निर्वाचित जनप्रतिनिधि र सहकारी सेवामा कार्यरत कर्मचारीहरुले बुझ पचाएर राजिनामा दिएका छैनन् । निर्देशन विपरित भवन निर्माण र घर जग्गा कर्जामा लगानी गरिरहेको छ । पञ्चकुमारी बहुउदेश्यीय सहकारीमा कार्यरत उपाध्यक्ष, सह कोषाध्यक्ष, संचालक र लेखा सदस्यहरुले राजिनामा दिए पछि नयाँ निर्वाचित गरिएको अध्यक्ष पन्तले बताउनु भयो । साधारण सभाको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नु भएको थियो । सहकारी ऐन कार्यान्वयन गर्न र सहकारीलाई नियमन गर्न स्थानीय सरकारले कदम चालेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसी, नेपाल पत्रकार महासंघ महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकार नवराज बजगाई, सल्लाहकारहरु कृष्णबुद्ध बजगाई, चर्तुभुज तिमल्सिना, कृष्णप्रसाद दाहाल लगायतले मन्तब्य राख्नु भएको थियो । अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७८÷२०७९ को अन्त्यमा १ करोड ३३ लाख २ हजार ८ सय शेयर पुँजी रहेको छ भने ५ करोड ७५ लाख ३८ हजार ६ सय १५ रुपैया कुल निक्षेप र ८ करोड ७३ लाख ४० हजार ८ सय ४३ लाख वासलात रहेको छ । सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ सदस्य, पुर्व सचालक, शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईईमा उत्कृष्टलाई नगद सहित सम्मान गरिएको थियो । 
    सभामा सचिव गोविन्द दाहालले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संचालक प्रेमप्रसाद सत्याल, राजनकुमारी बैदार लगायतले सहकारीले ऐन नियम कार्यान्वयन गर्दै सदस्यहरुलाई आर्थिक समृद्धी तर्फ उन्मुख गराएको बताउनु भयो । 

आवर स्ट्याण्डर्ड साकोसको १० औं सभा 
    बनेपा/आवर स्ट्याडर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० आंै वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा सम्पन्न भएको छ । 
    सभामा अध्यक्ष रत्नकुश रन्जितले विभिन्न चुनौतीका विचमा सस्थाले उल्लेख्य प्रगती गरेको बताउनु भयो । संस्था सहकारी ऐन नियम विधि र सिद्धान्तको अधिनमा रहि सञ्चालन भएको रंजितले बताउनु भयो । सभामा सस्थाको आर्थिक वर्ष २०७८÷०७९ को प्रगति प्रतिबेदन सचिब दिपेश रंजितले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुर्यकुमार रंजितले तथा लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सुदिना रजिंतले प्रस्तुत गर्नु भएको थियो । सस्थाको शेयर पुजीं ८० लाख ८७ हजार, बचत संकलन १० करोड ५२ लाख ५९ हजार ७ सय, ऋण लगानी ९ करोड १० लाख ४९ हजार, आम्दानी १ करोड ९१ लाख ८३ हजार रहेको जनाएको छ । कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बचत कर्ता, बाल सदस्य, ऋणीहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष ठाकुर बजगाईले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रवन्धक राजाराम घोरसाईनेले आर्थिक असमानताको अन्त्यको लागी र मुलुक समृद्धीको बलियो आधारको रुपमा सहकारीलाई लिईएको बताउनु भयो । सहकारीलाई बलियो बनाउदै सहकारीहरुको लगानी उत्पादन  क्षेत्रमा गर्न राज्यले प्रत्सोहान प्रत्सोहान गर्नु पर्ने घोरासाईनेले बताउनु भयो । 

युएम साकोसको ११ औ वार्षिक सभा 
    बनेपा/युएम बचत तथा ऋण सहकारी संस्थालिको ११ औ वार्षिक साधारण सभा काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र पसंछेको प्रमुख आतिथ्यतामा शुरु भएको छ । 
    सभामा प्रमुख अतिथी पसंछेले सहकारी र उद्योग वाणिज्य सघं र सहकारीको सहकार्यमा उत्पादन मुखी क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । रोजगारमुलक क्षेत्रमा लगानी गर्न र लगानीको सुनिश्चितता राज्यले दिनु पर्ने पसंछेले बताउनु भयो । कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष जितेन्द्र नकर्मी, नव क्षितिज साकोसका अध्यक्ष नवराज बजगाई, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन सचिव मन्जेस तौजले आर्थिक प्रतिबेदन, कोषाध्यक्ष राजाराम तौजले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक लक्ष्मी नारायण्ण श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं ५ करोड ३८ लाख, कर्जा लगानी ७६ करोड २७ लाख ५८ हजार, नगद मौजाद ५ करोड ८७ लाख १ हजार ९ सय रहेको जनाएको छ । 
    सस्थाका प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले सदस्यहरुलाई समय अनुकुल अत्याधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको, स्थायी कर्मचारी ४६ र करार ३४ गरी ८० जना रहेको, संस्थाको केन्द्रिय कार्यालय आफ्नै भवनमा बनेपा पुलबजारमा रहेका अन्य ८ वटा सेवा कार्यालय रहेको छ । जस अन्र्तगत पाँचखाल, भकुन्डे, चौतारा, बाह्रबिसे, खाडीचौर, पनौती, सिपाघाट र मेलम्चीमा रहेको बताउनु भयो । संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रमादेवी श्रेष्ठले राख्नु भएको थियो भने सभापतित्व अधयक्ष रामशरण श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मानब संशोधन सदस्य तथा परामर्श विभाग प्रमुख चण्डीका वाग्लेले गर्नु भएको थियो । 

बनेपा विकासको १६ औं सभा सम्पन्न 
    बनेपा/बनेपा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौं साधारण सभा संस्थाका जेष्ठ सदस्य चन्द्रज्योति शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    संस्थाका अध्यक्ष दिलिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाले गरेका विभिन्न गतिविधिका बारेमा जानकारी दिईएको थियोे । अध्यक्ष श्रेष्ठले सहकारीको नीति नियम र ऐन अनुसार सञ्चालन भएकाले कुनै समस्या नभएको सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गर्नु भएको थियो । बजारमा सहकारी सम्बन्धी विभिन्न भ्रम फैलिएकाले हल्लाको पछि नलागी बनेपा विकासमा कारोबार गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य सुलोचना भुजुले राख्न्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता शारदा दाहाल, ढक बहादुर श्रेष्ठ, शुसिल भैल, प्रकाश शाक्य असली ऋणी कुमार केसी, वाल बचत कर्ता अनमोल श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन चन्द्र शोभा शाक्यले गर्नु भएको थियो भने सञ्चालन काजिबहादुर खत्रीले गर्नु भएको थियो । 

विकासका लागी सबैको सहयोग आबश्यक– प्रमुख शान्ति रत्न 
    बनेपा/उग्रतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा समपन्न भएको छ । 
    प्रमखु अतिथी शान्तिरत्न शाक्यले बनेपा विकासका लागी सबै क्षेत्रको सहयोग आबश्यक रहेको बताउनु भयो । जसरी काठमाडौको सिसडोल बन्द हुदाँ फोहोर घर भित्रै राखेर सहयोग गर्नु भयो त्यसै गरी विकासका लागी पनि सबै सघं सस्थाको आबश्यक रहेको शाक्यले बताउनु भयो । नगरले विकासका कामहरुमा साझेदारी गरी नगर भित्र रहेका सहकारी लगाएत विभिन्न पसल उद्योग कलकारखानाहरुलाई अनिवार्य नगरपालिकामा ब्यबसायीक दर्ताका लागी अनुरोध गर्नु भयो । नगरपालिकाले चाँडै सुचना निकाल्ने समेत बताउनु भयो । सहकारी तथा बैकहरुले सामाजिक क्षेत्रमा खर्च गर्नु पर्ने रकम नगरपालिका सँग समन्वय गरी अनिवार्य शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका उपाध्यक्ष सागर कपालीले नगरपालिका भित्र मात्र २ सय २० वटा सहकारी रहेका बताउनु भयो । 
    सहकारीको ऐन नियम र नीति अनुसार सञ्चालन भएका कुनै पनि सहकारीहरुलाई समस्या नपरेको र मनोमानी सञ्चालन भएका सकहारीहरुलाई समस्या परेको कपालीले बताउनु भयो । कार्यक्रममा संस्थाका ८० वर्ष माथिका जेष्ठ नागरीकहरुलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । संस्थाको आर्थिक वर्ष २०७८÷०७९को कुल शेयर पुजीं ५ करोड २६ लाख ९ हजार, बचत संकलन ७८ करोड ३२ लाख ८३ हजार, ऋण लगानी १ अर्व १९ करोड २ लाख १९ हजार, कुल आम्दानी ९ करोड ५८ लाख ६५ हजार र खुद नाफा २ करोड १ लाख ८ हजार रहेको सभामा जानकारी दिईएको थियो । संस्थाको वार्षिक प्रतिबेदन सचिब दियशरत्न शाक्यले, आर्थिक प्रतिबेदन लक्ष्मीलाल राजभण्डारी र लेखा तथा सुपरिबेक्षण प्रतिबेदन संयोजक शान्तिराज कायस्थले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको थियो ।  

पिपुल्सको नाफा ७३ लाख ४० हजार 
    बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७८/०७९को असार मसान्त सम्म खुद नाफा ७३ लाख ४० हजार रहेको छ । 
    सहकारीको १६ औ वार्षिक साधारण सभामा संस्थाको आय ब्यय प्रस्तुत गर्दै सदस्यहरुको हितका लागि गरिएका कार्यहरुबाट संस्थाले गरेको खुद मुनाफा रकम सदस्यहरुकै हितमा खर्च गरिने जानकारी गराईएको छ । संस्थाको कुल शेयर पुजीं २ करोड ५७ लाख ८२ हजार ९ सय, निक्षेप संकलन २२ करोड ४० लाख ३३ हजार, ऋण लगानी २० करोड १७ लाख ९४ हजार, जगेडा कोष १ करोड २७ लाख ९३ हजार रहेको जनाएको छ । संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोषकुमार घिमिरे, वार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठ लेखा तथा सुपरिबेक्षण समिती संयोजक रजिब श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । 
सभाको उद्घघाटन वागमती प्रदेशका पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले गर्नु भएको थियो । हुमागाईले सहकारीले स–साना छरिएर रहेको पुजींलाई एकत्रित गरी सदस्यहरुलाई सेवा प्रदान गरेको बताउनु भयो । वागमती सरकारले पनि अहिले सहकारीहरुमा आएको सकंटलाई हेरिरहेको बताउनु भयो । सदस्यहरुको  पैसा तलमाथि हुन नदिन सरकारले सहकारी ऐन  जारी गरी सकेको र छिट्टै  सहकारीहरुको नियमन तथा अनुगमन गर्ने हुमागाईले बताउनु भयो । सहकारी ऐन अनुसार सञ्चालन नभएका सहकारीहरुलाई राज्यले कारवाहीको दायरामा ल्याउने बताउनु भयो । कार्यक्रममा संस्थाले छिट्टै आफ्नै भवन निमार्ण प्रक्रिया अगाडी बढाउने, सामाजिक उत्तरदायित्व अनुसार तिर्थाटान भ्रमण कार्यक्रम, रक्तदान, महिलाहरुको पाठेघर जाँच, सदस्य राहत कार्यक्रम अन्र्तगत समबेदना राहत लगाएत विभिन्न कार्यक्रमहरु गर्दै आएको प्रवन्धक नवराज सापकोटाले वताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पवनराज कर्णजीतले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष निरन शाक्यले गर्नु भएको थियो ।  

‘एक्सेसमा सहभागी संस्था सहकारी अभियानका गौरब’ – ढकाल 
बनेपा/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, काभ्रेपलाञ्चोकको आयोजनामा एक्सेस कार्यक्रम बागमती पहिलो समूहको २५ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला ९एब्ीः  ध्यचपकजयउ०  काभ्रेपलाञ्चोक, भक्तपुर, दोलखा र रामेछाप जिल्लाका ९ वटा संस्थाहरुको उपस्थितिमा सम्पन्न भएको छ । 
नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता आयोजक संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष  प्रकाश बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सामुदायिक साकोसका एक्सेस कार्यक्रम ब्यवस्थापन उपसमिति संयोजक एवं कोषाध्यक्ष प्रताप ताम्राकारले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो । 
प्रमुख अतिथी ढकालले सहकारी एक्सेसमा सहभागी संस्थाहरु नेफ्स्कुनको मात्र नभई नेपालकै सहकारी अभियानको गौरबको रुपमा रहेको र संस्थाहरुले हालको वर्तमान परिस्थितिमा आफ्नो छवि कायम राख्न सफल भएको बताउनु भयो । ढकालले आफ्ना सदस्यहरुसँग नियमित रुपमा सम्पर्कमा रही सदस्यलाई संस्था प्रति अपनत्व बोध गराउने र संस्थाको अवस्थाको बारेमा नियमित रुपमा सदस्यहरुलाई जानकारी दिई संस्था सवल र सुरक्षित रहेको प्रत्याभूति दिलाउनु पर्ने वताउनु भएको थियो । ब्यक्ति विशेष नभई पदिय दायित्व प्रमुख रहेकोले आफ्नो दायित्व बमोजिम कार्यसम्पादन गर्नुपर्ने र कुनै पनि पदमा ब्यक्ति स्थायी नहुने ढकालले वताउनु भयो । कार्यक्रमका सभाध्यक्ष तथा सामुदायीक साकोसका अध्यक्ष प्रकाश बन्जाराले सहकारी संस्थाहरुले विग मर्जका रुपमा सोच्नु पर्ने समय आएको बताउनु भयो । दोहोरो सदस्यताको अन्त्य गर्न र सदस्यहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्नका लागि मर्ज अपरिहार्य रहेको र वर्तमान अवस्थामा सहकारी संस्थाहरुको विषयमा  विशेष भूमिका अभियानले निर्वाह गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा काभ्रेपलाञ्चोकका ३ वटा संस्थाहरु सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बिन्धबासीनी बचत तथा ऋण सहकारी संस्था लि. र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरका २ वटा संस्थाहरु श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. र सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि.दोलखाका ३ वटा संस्थाहरु जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि., एकिकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लि. र शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि. साथै रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि. बाट अध्यक्ष, पदाधिकारी र उच्च ब्यवस्थापन समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 
एक्सेस कार्यक्रममा सहभागी संस्थाहरुको समूह समूह बनाएर तीन तीन महिनामा सहकारी संस्थाहरुले एक्सेसको ८६ वटै ईण्डिकेटर अन्र्तगत सञ्चालन गरेका गतिविधि तथा एक अर्काको असल अभ्यासको आदन प्रदान गर्ने उद्देश्यका साथ कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला आयोजना गर्ने गरिएको छ । कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सञ्चालन भएको थियो भने सहजकर्ताको रुपमा नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले रहनु भएको थियो । सहजकर्ताले वर्तमान अवस्था र अवको कार्यदिशाको बारेमा सहभागी साकोसहरुलाई मार्गदर्शन गर्नुहुदै अब सहकारी संस्थाको जोखिम विश्लेषणको लागि पल्र्स विश्लेषणले मात्र नपुग्ने भएकोले द्यब्क्क्भ्ी क्ष्क्ष् मा आधारित रहेर बचत तथा ऋण सहकारी संस्थाको विश्लेषण गर्नुपर्ने र सहकारी संस्थामा हुनसक्ने सम्भावित जोखिमहरुको समयमा नै पत्ता लगाई जोखिम न्यूनीकरणको लागि च्ष्कप धभष्नजतभम बककभतक ७ ऋबउष्तब िब्मभत्रगबअथ च्बतष्य ँचबmभधयचप मा आधारित रहेर विश्लेषण गरी साकोसहरुलाई दिगो र सुरक्षित बनाउनु पर्ने विषयमा सहजीकरण गर्नुभएको थियो । आगामी २६ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला मन्थली साकोस रामेछापको आयोजनामा २०७९ मंसिर २३ गते आयोजना गर्ने गरी ९ वटा विषयमा साझा धारणा सहित निर्णय गर्दै कार्यशाला समापन गरिएको थियो । 

पानस साकोसको शेयर पुजीं १ करोड ९७ हजार 
बनेपा/पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा संस्थाका अधयक्ष शुसन राजवंशीको अध्यक्षतामा सम्पन्न भएको छ । 
साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७८/०७९को कुल शेयर पुँजीं १ करोड ९७ लाख, बचत संकलन ७ करोड ९२ लाख ९३ हजार, ऋण लगानी ६ करोड ३० लाख २३ हजार, जगेडा कोष ३५ लाख ५० हजार रहेको जनाएको छ । संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुमन बैध वार्षिक प्रतिबेदन सचिब पुष्कर रजिंतकारले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन हरिगोपाल बैधले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुशन राजवंशीले सहकारीको मुल्य मान्यता नीति नियम कार्यविधि र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणको लागी कारोबार गर्दै आएको बताउनु भयो । त्यसै गरी कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुवाष बैद्य, युवा साकोसका कोषाध्यक्ष रामशरण राउत, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, बाल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष विजेन्द्र पोटेले राख्नु भएको थियो भने सञ्चालन सञ्चालक सदस्य ईश्वर महाजुले गर्नु भएको थियो । 

ज्योति मिर्मिरेको ७ दिनसम्म २३ औं सभा 
    पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा शुरु भएको छ । 
    भाद्र २५ गते सुरु भएको साधारण सभा असोज १ गते समापन हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिनुभयो । साधारण सभा कार्यक्रम अन्तर्गत पनौती–६ नमोवुद्धरोड स्थित मुख्य कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपे्रतीले सहकारीहरुले सामाजिक प्रतिबद्धता पुरा गर्न जरुरी रहेको बताउनु भयो । उप्रतेले सहकार्यका लगि सरकाले सहकारी जस्तो उत्कृष्ट निकाय अरु नपाउने ठोकुवा गर्नु भएको छ । उप्रेतिले संसारका अन्य मुलुकहरुले पनि सम्भव भएसम्म सहकारीसँग सहकार्य गरेर काम गर्ने गरेको दृष्टान्त प्रस्तुत गर्नु भएको थियो । प्रत्येक वर्ष साधारण सभा गर्ने, नियमित लेखापरिक्षण गर्ने, संगठित संस्था, राजनीतिकरण नहुने, स्थायी संस्था, सर्वसम्मत नेतृत्व चयन हुने, सर्वसम्मत हुन सकेन भने प्रजातान्त्रिक पद्दतिबाट नेतृत्व चयन हुने यस्तो संस्था, सहकारी बाहेक सरकारका निकायले अरु नपाउने उप्रेतिको भनाई थियो । 
    कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले सहकारी अभियानलाई धमिलो बनाउने प्रयास भइरहेकाले सहकारीहरुलाई आफु भित्रैको प्रतिस्पर्धा त्याग्न आग्रह गर्नु भएको थियो । सुशासन कायम गर्दै सदस्यका लागि काम गरिएको छ भने विचलित हुनुपर्ने अवस्था नरहेको ढकालले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले शेयर सदस्य, कर्मचारी र संचालक तीनवटै पक्षको प्रभावकारी भुमिकाबाट मात्रै संस्था राम्रो बन्न सक्ने वताउनु भयो  । पनौतीलाई सहकारी मैत्री नगरको रुपमा अघि बढाउने भण्डारीले  प्रतिवद्धता जनाउनु भएको छ । सहकारी राम्रो र सदस्यमुखी हुनका लागी सदस्यहरुको जागरुक, कर्मचारीको कर्तब्य र सञ्चालकको उत्तरदायित्व भएमा मात्र सफल हुने भण्डारीले बताउनु भयो । 
कार्यक्रममा साकोसका अध्यक्ष उद्धव सापकोटाले शेयर सदस्यको आर्थिक, सामाजिक र व्यवसायिक विकासका लागि सहकारीले सहयोगी काम गर्दै आएको बताउनु भयो । सहकारीलाई सदस्य केन्द्रित र समुदायमा आधारित बनाएको सापकोटाले बताउनु भयो । संस्थामा आर्थिक बर्ष २०७८÷७९को असार मसान्त सम्ममा १४ हजार ६० जना शेयर सदस्य रहेका छन् । यस्तै शेयर पुँजी ९ करोड १७ लाख ५४ लाख ४ सय रुपैयाँ रहेको छ । कार्यक्रममा सस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुर्णराम तुलाधर, लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक भिमसेन केसीले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, असली ऋणी, बाल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । साकोसले नवदुलही स्वागत कार्यक्रम, सदस्यता मृत्यु राहत, एकाघर मृत्यु राहत, स्वास्थ्य उपचार राहत, गर्भवती पोषण सहयोग, बालबालिकालाई वर्थ डे केक प्रदान गर्दै आइरहेको छ । सदस्यको सुरक्षाको प्रत्याभुती गराउन संस्थाले सदस्यलाई ऋण परिचालन गर्दा ऋणी सदस्यको विमा गर्ने कार्यक्रम समेत सन्चालन गरेको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिनु भएको थियो ।