2026 April 25/ 06:32: 28pm

    बनेपा/सिन्धु बिकाश बैक लिमिटेडले १३ औ बार्षिकोत्सवको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेको छ । भदौ १९ देखि २१ गतेसम्म तीन दिनसम्म बैकले बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको हो । बैकले भदौ २४ गते बार्षिकोत्सव मनाउँदैछ । 
    सप्ताहव्यापी कार्यक्रम अन्र्तगत तेस्रो दिन भदौ २१ गते शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । धनेश्वर महादेव आधारभुत बिद्यालयलाई २ थान कम्प्युटर सेट, कापी, कलम आदि सामाग्री बितरण गरेको छ । बिद्यालय ब्यबस्थापन तथा शिक्षकहरुका साथै कर्पोरेट कार्यालयका कर्मचारीहरुलाई धन्यवाद दिएको छ । त्यस्तै भदौ १९ गते बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सरसफÞाई कार्यक्रम आयोजना गरेको छ । सोहि कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई बैकले धन्यवाद दिएको छ । भदौ २० गते ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रहरी निरिक्षक राजेश सिलवाल लगायतको सहभागिता रहेको थियो ।