2026 April 25/ 06:32: 29pm

धुलिखेल/धुलिखेल नगरपालिकामा विभिन्न परिषद्हरु पुर्नगठन भएका छन् । परिषद गठन गर्दा लक्षित वर्गलाई समेटी उनिहरुका समस्या र कार्यक्रमहरुलाई प्राथमिकता दिएको नगर प्रमुख अशोक ब्यान्जुले बताउनु भयो । 
सबै परिषदहरुको कार्यपालिकाबाट कानून बनाएर उनिहरुलाई शसक्तिकरण बनाउन, उद्यमशिल बनाउन, सिप सिकाउनका लागी र आत्मनिभर बनाउन परिषदले सहयोग पुग्ने प्रमुख ब्यान्जुले बताउनु भयो । धुलिखेल नगरपालिका यस्तो नगरपालिका हो जहाँ सम्पुर्ण परिषदहरु गठन गरी उनिहरुको हक अधिकारलाई कानुन मार्फत सम्बोधन गरिएको नगर प्रमुख ब्यान्जुले बताउनु भयो । परिषद गठनमा देशका २ सय ९३ नगरपालिका मध्ये धुलिखेल पहिलो नगरपालिका भएको र परिषदका लागी छुट्टै बजेट विनियोजित गरिएको ब्यान्जुले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख निरन्जन जंगमले परिषद मार्फत नै विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्ने, उनिहरुलाई आत्मनिर्भर बनाउने, समस्याहरु हल गर्ने परिषदको उदेश्य रहेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर, वडा नम्बर ३ का वडा अध्यक्ष तथा सामाजिक विकास समिती संयोजक गणेश आचार्य, सामाजिक विकास शाखा अधिकृत विदुर गौतम लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत विदुर गौतमले दलित, अपाङ्गता, महिला, जनजाती र युवा परिषदहरु गठन भएको बताउनु भयो  । नगरपालिकाका १२ वटै वडालाई समेटी उक्त परिषद गठन गरिएको हाल सम्म युवा परिषद बाहेक ४ वटा परिषद गठन सम्पन्न भैईसकेको र विहिबार युवा परिषद गठन हुने गौतमले बताउनु भयो ।