विष्णु घिमिरे/साउदी अरब
नेकपा एमालेको भात ृसंगठन प्रवास नेपाली मञ्च साउदीको अध्यक्षमा अमर श्रेष्ठ चयन भएका छन । नेकपा एमालेका पोलिटब्युरो सदस्य युवा इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसम्वत श्रेष्ठ अध्यक्ष चयन भएका हुन ।
अधिबेशनले प्रथम उपाध्यक्ष किसोर राई, उपाध्यक्ष कृष्ण कार्की, उपाध्यक्ष ऋषि भट्टराई, उपाध्यक्ष याम बोम्जन लामा, उपाध्यक्ष अच्युत बोगटी, उपाध्यक्ष बिल्टु मुखिया, सचिव राजु खनाल, सह सचिव बसन्त राई, सह सचिव रमेश गिरि, सह सचिव कमरेड खड्ग प्रसाद आचार्य, कोषाध्यक्ष रुपक वाईबा तथा अन्य सदस्य गरी ५१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
कार्यक्रममा उपस्थित पूर्व मन्त्री महेश बस्नेतले अधिवेशनलाई सफल बनाउन उपस्थित दुतावास, एनआरएन, सामाजिक संघसंस्था, पत्रकार, कलाकार तथा नेकपा एमालेका कार्यकर्तालाई धन्यवाद दिँदै नेपालको समसामयिक राजनीतिको अवस्था र नेकपा एमालेले खेलेको भूमिकाप्रति जानकारी दिँदै गठबन्धनले ल्याएको दशको विकासका अवरुद्धका बारेमा र देश निर्माण गर्नुपर्ने कामहरु धेरै बाँकी रहेको जानकारी दिएका थिए । भातृ संगठनका कार्यक्रमहरु र अधिवेशनमा विपक्ष दलका प्रतिनिधिहरुको उपस्थिति नहुने र कार्यक्रमलाई नै विफल बनाउन लाग्ने अवस्थामा साउदीमा रहेको अन्य भातृ संगठनको एकता देखेर धन्यवाद सहित खुशी व्यक्त गरेका थिए । दोस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई सफल कार्यकालको सफलता शुभकामना दिदै निर्वतमान पदाधिकारीले गरेको योगदानलाई कदर गर्दै संगठनको लागि आफ्नो सहयोग सदैव रहने जानकारी दिए । कार्यक्रममा उपस्थित नेपाली दूतावास रियादका नियोग प्रमुख दिलुकुमार पौडेलले संगठनको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । एनआरएन महिला केन्द्रीय उपाध्यक्ष यास्मिन वेगम, एनआरएन अध्यक्ष डम्बर कुमार यादव, पानस अध्यक्ष कुवेर हुमागाईं, अन्तर संस्था समन्वय समिति रियाद अध्यक्ष अमृत पौडेले, अनुजा वुढाथोकीले संगठनको अधिवेशनको सफलताको शुभकामना तथा नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीलाई शुभकामना दिदै साउदी लगायत अन्य मुलुकमा कार्यरत नेपाली श्रमिकहरु हकहितको लागि नेपाल सरकारले शिप मुलक कार्यक्रम ल्याउनुपर्ने र पिडीत कामदार उद्दार कोषबाट पिडीत वनेका नेपालीलाई चाँडो स्वदेश फिर्ताका लागि सम्वन्धित निकायलाई पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व मन्त्री बस्नेत लगायत विभिन्न सामाजिक संघसंस्था, भातृसंगठन, एन आर एन, पत्रकार,कलाकार, व्यवसायी, पार्टी कार्यकर्ता को उपस्थित रहेको थियो भने नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठले अधिवेशन सम्पन्न गर्नेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी कार्यकालमा संगठनको विधि र विधानलाई आत्मासाचिराखि संगठनको हक हितको लागि काम गर्नेवताए।कार्यक्रमको अवसर पारेरपुर्व मन्त्री वस्नेत ३ दिने तीनदिने भ्रमणमा साउदीमा रहेको अलमराही कम्पनी लगायत बिभिन्न स्थानहरूको अवलोकन गर्दै साउदीमा रहेका नेपाली श्रमिकहरु विषयवस्तुमा समेत चासो देखाएका छन भने सङ्गठनले आयोजना गरेको साउदीका लागि नेपाली दूतावासका नवनियुक्त राजदूत नवराज सुवेदीलाई स्वागत तथा नेपाली श्रमिक को समस्यार न्यूनीकरणका बारेमा ध्यानाकर्षण गराएको थियो ।









