नाला/डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा बाट पुनः माधब सिग्देलको नेतृत्वमा नयाँ समिती चयन भएको छ ।
समितीको प्रथम उपाध्यक्षमा पुरुषोतम बजगाई, द्धितिय उपाध्यक्षमा नवराज बजगाई, सचिब बुद्धिकृष्ण घिमिरे, कोषाध्यक्ष गौतम श्रेष्ठ, सह सचिब श्रीधर पराजुली रहनु भएको छ । सदस्यहरुमा गंगा दाहाल, लक्ष्मण श्रेष्ठ, रामशरण बजगाई, कमल दाहाल र शरणप्रसाद पराजुली रहनु भएको छ । त्यसै गरी लेखा तथा सुपरिक्षण समितीको संयोजकमा उपेन्द्र दाहाल, सदस्यमा बुद्धिमान तामाङ र रमेश दाहाल निर्वाचित हुनु भएको छ । वार्षिक साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवि उप्रेतिले गर्नु भएको थियो । प्रमुख अतिथी उप्रेतीले कोभिड पछि वित्तिय क्षेत्रमा संकट परिरहेकाले सबै संस्थाहरुमा समस्या थपिएको बताउनु भयो । सहकारी सस्ंथाहरुमा आएको समस्या दुई वटा कारणले भएको बताउनु भयो १ वटा चाँहि सहकारी आफ्नै सञ्चालकको कारण र अर्काे सहकारीको निर्देशन, नीति नियम र अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण अहिले समस्या आएको बताउनु भयो । नेपालमा भएका सहकारीहरु मध्ये विशेष गरी १ सय २१ वटा सहकारीमा ठुलो संकट आएको उप्रेतीले बताउनु भयो । सम्पुर्ण क्षेत्रमा समस्या आएको र त्यसमा सहकारी पनि अछुतो रहने कुरै नभएको उप्रेतीको भनाई रहेको थियो राज्यले सहकारीलाई कहिल्यै पनि हेर्ने दृष्टिकोण समेत राम्रो नभएको नियमन गर्ने निकाय दरिलो नभएका कारण एक माथि अर्काे सहकारी संकटमा पर्दै गएको बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश प्रसाद दाहाल, वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष तथा सहकारीका सल्लाहकार केपी दाहाल, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सस्थाको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन सचिब उपेन्द्र दाहाल, कोषाध्यक्ष गौतम श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक भुवन श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । सस्थाको शेयर पुँजी २ करोड ३० हजार, कुल कारोबार २५ करोड ८६ लाख, बचत संकलन १५ करोड ८१ लाख ८५ हजार, ऋण लगानी २१ करोड २९ लाख ९४ हजार रहेको जनाएको छ । संस्थाले सहकारीमा रहेका आफ्ना सदस्यलाई सुत्केरी राहत खर्च, रासानायीक मलखरीद विक्री, किरिया खर्च वितरण, मार्गस्थ विमा, कर्मचारीहरुको दुर्घटना विमा, प्राणघातक रोग लागेका सदस्यलाई आर्थिक सहयोग गर्दै आएको र भाबी योजनामा मोवाईल बैकिङ्ग, छात्राबृत्ति वितरण, बनेपा ३ मा रहेको काक्रेमा विश्राम स्थल निमार्ण गर्ने, सदस्यलाई उत्पादन मुखी बनाउनका लागी वालि विमा तथा पशु विमामा प्रत्सोहान गर्ने लगाएतका योजना रहेको सस्थाका अध्यक्ष माधब सिग्देलले बताउनु भयो । साधारण सभामा उत्कृष्ट शेयर धनी, उत्कृष्ट कारोबार गर्ने सदस्य, बाल बचत कर्ता, असली ऋृणी र १ लाख शेयर खरीदकर्ता सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।









