2026 April 25/ 07:59: 35pm

बनेपा/राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आएको अरनिको यातायात सेवा समितिको रुपान्तरित कम्पनी पूर्व अरनिको यातायात कम्पनी प्रालिको अध्यक्षमा केदार क्षेत्री निर्वाचित हुनु भएको छ ।  
क्षेत्रीले २९७ मत ल्याउनु भएको थियो भने निकटतम प्रतिस्पर्धी उद्धवप्रसाद गौतमले १२६ मत अर्का उम्मेदवार निर्पध्वज महतले ११८ मत ल्याउनु भएको थियो । कम्पनीका तीन वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, विकासकाजी श्रेष्ठ र भुवन राउत निर्वाचित हुनु भएको छ । क्षेत्रगत उपाध्यक्षमा क्षेत्र नम्बर १ मा दिनेशकुमार श्रेष्ठ, सुरेन्द्र बस्नेत र कृष्णबहादुर पन्थ तथा सचिवमा प्रभुराम थापा निर्वाचित हुनु भएको छ ।
समितिको कोषाध्यक्षमा राजु पौडेल, सहसचिवमा सचिन श्रेष्ठ, सह–कोषाध्यक्षमा नारायणदेव कुँवर र उपसचिवमा कृष्णभक्त त्वायना सदस्यहरुमा जीवन श्रेष्ठ, पदमबहादुर सुवेदी, पदमलाल श्रेष्ठ, विपिन श्रेष्ठ, भुपेन्द्र थापा, रविन तामाङ र लक्ष्मी श्रेष्ठ निर्वाचित हुनु भएको छ । २०२९ सालमा स्थापना भएको अरनिको यातयात सेवा समिति अन्तर्गत हाल  काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली लगायतका जिल्लामा यातायात सञ्चालनमा छ ।
चार कार्यकाल सचिव र तीन पटक अध्यक्ष भइसकेका क्षत्री अरनिको समितिको अध्यक्षमा १० वर्षपछि पुन बन्नु भएको छ ।  अरनिकोमा ५८३ व्यवसायी सदस्य छन् । दुई वर्षदेखि राजधानी पूर्व सञ्चालन हुने बसहरुका लागि बसपार्क नहुँदा समस्या भइरहेको बताउँदै नवनिर्वाचित अध्यक्ष क्षेत्रीले बसपार्क व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।