2026 April 25/ 08:00: 35pm

बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  संस्थामा आबद्ध भई २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने कोपिला बाल बचतकर्ता भाईबहिनीहरूलाई सम्मान गरेको छ । संस्थाका प्रमुख सल्लाहकार रामहरी के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी केसीले विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभएको थियो भने पढाईसँगै प्रविधि शिक्षा प्रदान गरी नेपालमै उच्च शिक्षा हासिल गर्न अनुरोध गर्नु भएको थियो । संस्थाले शुरु गरेको सम्मान कार्यक्रमलाई निरन्तरता दिई बाल बचतकर्ताहरुको हौसला बढाउनु पर्ने केसीले बताउनु भयो । 
कार्यक्रम संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र संचालन लेखा समिति सदस्य शर्मिला नेपालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले राख्नु भएको थियो । रायले शिक्षाको लागि उज्यालो नारा सहितको यस वर्षको एसईई सम्मान विगतका वर्षहरुको तुलनामा विशेष रहेको बताउनुभयो । 
कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार नवराज वडाल, सल्लाहकार भैरब केसी लगाएतले विद्यार्थी भाईबहिनीहरुलाई बधाई सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाले यस वर्ष एसईई परीक्षामा उत्तिर्ण भएका ५७ जना विद्यार्थीहरुलाई मायाको चिनो, सम्मान पत्र र मफलर सहित सम्मान गरेको थियो । कार्यक्रममा सभापति प्रकाश भुर्तेलले शुभकामना मन्तव्य र धन्यवाद ज्ञापन प्रदान गर्नु भएको थियो ।