बनेपा/नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको चौथो जिल्ला अधिबेशन केन्द्रिय अध्यक्ष टंक प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी हुमागाईले आफ्ना समस्यालाई राज्यले उपेक्षा गरेको बताउनु भयो । एशोसिएसनले ६ वटा मन्त्रीलाई आफ्ना समस्या राख्दा समेत कुनै सुनुवाई नगरेको, मन्त्री परिषदले गरेको निर्णय कार्यन्वयनमा नलगेको हुमागाईले बताउनु भयो । देशको दुरदराजमा सञ्चारको पहुँच र विकास नहुँदा समेत सेवा गर्दै आएका कर्मचारीहरुलाई कुनै सेवा प्रदान नगरेको हुमागाईले बताउनु भयो । एशोसिएसनले अब कानुनी उपचारमा जाने तयारी गरेको उहाँले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष तारानाथ उप्रेतीले राख्नु भएको थियो भने निजामती कर्मचारी संघका अध्यक्ष राजकुमार हुमागाई, नेपाल निजामती कर्मचारी सगंठनका अध्यक्ष गायत्री घिमिरे, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य प्रविण झा, जिल्ला हुलाक कार्यालयका निर्वतमान कार्यलय प्रमुख पदम खत्री, वालकृष्ण केसी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम एशोसिएनका अधयक्ष लिला सत्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।
अधिबेशनको बन्द सत्रले अधिबेशनको बन्द सत्रले लिला सत्यालको अध्यक्षतामा १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा तारानाथ उप्रेती, सचिब लक्ष्मण पराजुली, सह सचिब कल्पना पराजुली, कोषाध्यक्ष महाविर मुक्तान, सदस्यहरुमा टंकप्रसाद हुमागाई, केशब महत, मनिषा ज्ञवाली, गौरी केसी, जितमाया लामा श्रेष्ठ, प्रताप लामा, रक्तिम घलान, मगर सिं वाईवा, बलराम गौतम र विकु नारायण श्रेष्ठ रहनु भएको छ ।









