2026 April 25/ 07:59: 36pm

    धुलिखेल/धुलिखेल नगरपालिकालाई शुन्य कार्बन उत्र्सजन गर्ने विश्वका १५ शहर भित्र परे लगत्तै त्यसका पूर्वाधार संरक्षण गर्न र थप संरचना निर्माण गर्न एक लाख विरुवा बृक्षारोपण गर्ने अभियानलाई तिब्रता दिएको छ । अभियानको पहिलो चरणमा यो वर्ष १५ हजार विरुवा वडा नम्वर २, ३ र ११ मा रोपण गरिएको छ । 
    रोपण गरिएका विरुवाको जिपिएस गरिएको छ । सबै विरुवालाई जिपिएसको माध्यमबाट निगरानी गरिनेछ । फलफुलका विरुवा भएकाले उद्यम, आत्मनिर्भर र आयआर्जनसँग जोडिएको छ । यो धुलिखेल र काभ्रेका लागि नयाँ विधि हो । विरुवा तलमाथी भएको अवस्थामा जिपिएसका आधारमा त्यसलाई संरक्षण गर्ने कार्य हुन्छ । सबै विरुवाको नम्वरीङ गरिएको छ । अभियानको पहिलो चरणको समापन धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, व्रिटिस काउन्सिलकी सहिन्दा मासिडुगल, व्रिटिस एम्बेसीकी पौलिना सिनान, पारिवारीक तथा नीजि वन संघ नेपालका अध्यक्ष जोगराज गिरी, धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्य लगायतले समापन गर्नु भएको थियो । नगर प्रमुख अशोक ब्याञ्जुले बृक्षारोपण गर्ने, शुन्य कार्वन उत्र्सजन गर्ने उद्योगहरु स्थापना गर्ने, पूर्वाधार निर्माणलाई वातावरण मैत्री बनाउने, वन संरक्षण तथा वन क्षेत्रलाई ४० प्रतिशत पु¥याउने जस्ता योजनामा कार्य गरिरहेको बताउनु भएको छ । प्रदुषणयुक्त शहर, नेपालमै पहिलो पटक वातावरण मैत्री वन ऐन बनाउने नगरपालिका भएकाले शुन्य कार्बन उत्सर्जन गर्नका लागि बृक्षारोपण अभियानलाई तिब्र बनाएको हो । नगरपालिकाले ६१ प्रतिशत घरबाट निस्कने फोहोर पानीलाई शुद्ध बनाउँदै खोलामा पु¥याएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । दिसाजन्य लेदोबाट ग्याँस र मल बनाउने गरी परियोजना शुरु गरिएको बताउँदै उहाँले पहिलो चरणमा वडा नम्वर २, ३ र ११ मा बृक्षारोपण गरी बन क्षेत्र बृद्धि गर्न शुरु गरिएको बताउनु भयो । धुलिखेलको टुँडिखेल पार्कमा विश्वभरका गुलाफ फुलहरु उत्पादन गर्ने गरी बगैचा निर्माण शुरु गरिएको प्रमुख ब्याञ्जुले बताउनु भयो । 
    पारिवारीक निजी वन संघ नेपाल केन्द्रीय समिति, जिल्ला समिति, ब्रिटिस काउन्सिल तथा धुलिखेल नगरपालिकाको संयुक्त अभियानमा धुलिखेलमा विभिन्न जातका विरुवाहरुको बृक्षारोपण कार्यक्रम शुरु गरिएको थियो । अभियानले ८ हजार विरुवा ललितपुरको टिका भैरवमा रोपण गरेको छ । २० हजार विरुवा पूर्ण रुपमा हुर्कदा ८ हजार टन कार्वन न्यूनिकरण हुनेछ । सोहि कार्यक्रममा उपप्रमुख निराजन जंगम, पारिवारिक निजी वन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरी लगायतले बृक्षारोपण अभियानबाट शुन्य कार्वन उत्र्सजन गर्न सहयोग गर्ने बताउनु भयो । धुलिखेल दिगो विकास लक्ष्य प्राप्तिमा दक्षिण एशियाको पहिलो शहर बनेको छ । गरिबी न्यूनिकरण, शिक्षा, स्वास्थ र खानेपानीमा नगरपालिकाले उल्लेख्य सफलता प्राप्त गरेको छ । सोहि अभियानमा सहयोग गर्नेहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।