2026 April 25/ 06:16: 29pm

श्रीखण्डपुर/सनलाईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ साधारण सभा सम्पन्न भएको छ । 
सभाको उद्घाटन धुुलिखेल नगरपालिका वडा नम्बर ५ का निर्वतमान वडा अध्यक्ष गंगा सागर रञ्जित तथा तत्कालिन धुलिखेल वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष पुर्ण बहादुर कर्मचार्यले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब सुरेन्द्र सुद्धाकार आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले तथा लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक हस्ना जोशीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७८÷७९ मा कुल शेयर पुजी. ५१ लाख ४८ हजार, बचत ५ करोड ७० लाख, ऋण लगानी ६ करोड ५९ लाख, जगेडा कोष १७ लाख ८७ हजार, रहेको जनाएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट बचत कर्ता  कृष्ण बहादुर खत्री, उत्कृष्ट ऋणी ईश्वर ढुंगाना, जेष्ठ सदस्य तेज प्रसाद दाहाल, बाल बचत कर्ता अनुराग श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अधयक्ष पुर्णसागर रञ्जीतकारको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य ऋण संयोजक भवसागर रञ्जीतले गर्नु भएको थियो ।