2026 April 25/ 06:16: 30pm

बनेपा/महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गत आईतबार सोपु हिटि रिशेप्सन एण्ड ईभेन्ट्स बनेपामा तिज रमाईलो कार्यक्रम सफलता पूर्वक सम्पन्न  भएको छ । 
कार्यक्रमको उद्घाटन काभ्रे उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य  सुरकृष्ण बैद्यले गर्नु भएको थियो । प्रमुख अतिथी बैद्यले महिलाहरुमा रहेको प्रतिभा र समाजमा मनाईने चाडवाडहरुको साँस्कृतिक परम्परा जोगाउनु पर्ने बताउनु भयो । तिजमा विकृति भित्रदै गएकाले यसप्रति सचेत रहदै तिज मनाउन आग्रह गर्नु भएको थियो । ा
क्रियटिभ बचत तथा ऋण सहकारी संस्था र रोटरी क्लब अफ काभ्रे भ्यालीको आयोजना तथा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ काभ्रे बनेपा, रोटरी क्लब अफ पशुपति, सुप्रिम डेन्टल केयर, मोर्डन वाई सप,काभ्रे महिला उद्यमी मन्च र क्रियटिभ व्युटिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा  क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला श्रेष्ठ तथा क्रियटिभ व्युटिका अध्यक्ष प्रिया श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको  थियो । तीज रमाईलो कार्यक्रममा विभिन्न महिला उद्यमी संघ तथा व्यवसायीहरुले स्टलहरु राखेका थिए ।