पनौती/नेपाल उत्पीडित जातीय मुक्ति समाज पनौती नगर कमिटीको दोस्रो नगर अधिवेशन बाट अध्यक्षमा नबिन नेपाली चयन भएका छन् । उपाध्यक्षमा चन्दिका परियार, सचिवमा सुनिता बिक, उप–सचिवमा अनिल मगराती र भवानी बिक सहित ३३ जना सदस्य चयन भएका छन् । नेतृत्व चयन गरेको छ ।
अधिबेशनको उद्घाटन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर पौडेल बिकको गर्नु भएको थियो । कार्यक्रममा बाग्मति प्रदेश सांसद् एवं पुर्वमन्त्री चन्द्र लामा, नेकपा एमाले बाग्मती प्रदेश उपाध्यक्ष रामहरि सुवेदी, पनौती नगरपालिकाका पुर्व नगर प्रमुख एवं बागमती प्रदेश सदस्य भीम न्यौपाने, वागमती प्रदेश कमिटी सदस्य कुमार थापा, पनौती नगरपालिका उप–प्रमुख गिता बन्जारा, एमाले नेता किश्वर थापा, वुद्धिजीवि परिषद काभ्रेकी अध्यक्ष अम्वु भवानी कार्की लगायत नगरपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । मुक्ति समाज काभ्रेका अध्यक्ष तेज नेपाल, जिल्ला इन्चार्ज खड्ग पुर्कोटी, मुक्ति समाज बागमति प्रदेशका सह–इन्चार्ज बिष्णु सागर मिजारले मुक्ति समाजले गरिरहेको काम र आगामी योजनाको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर पौडेल बिकले जातीय छुवाछुत पहिलेको तुलनामा कम हुँदै गएको भन्दै खुसी व्यक्त गरेका छन् । राजनीतिक रुपमा पनि पहुँच बढेको उनको भनाई थियो । यस्तै पुर्वमन्त्री एवं वागमती प्रदेश सांसद चन्द्र लामाले दलित समुदायलाई अझै पनि धार्मिक विभेद हुने गरेको बताए । उनीहरुले धार्मिका रुपमा पनि न्याय पाउनुपर्ने लामाको भनाई थियो ।









