बिष्णु घिमिरे
साउदी
साउदी अरेबियामा रहेको पारिवारिक समाजले महिलाहरुको विशेष पर्व हरितालिका तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
पारिवारिक समाजको पाचौं बार्षिक उत्सवको अवसरमा साउदीमा कार्यरत र परिवारमा रहेका महिलाहरुलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष अमर सापकोटले सामाजले गरेको कार्यविधि जानकारी गदै समाजले साउदीमा कार्यरत पिडीत श्रमिकहरुलाई खाद्यान्न, हवाई टिकट सहयोग गरेको र विभिन्न सामाजिक संघसंस्था तथा नेपाली दूतावास संग सहकार्य गदै आएको जानकारी दिएका थिए भने हालसम्म संस्थाको कोषमा ११ हजार १सय ८२ साउदी रियल रहेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि दुतावास दितृय सचिव टिकाराम उपाध्याय लगायत विभिन्न सामाजिक संघसंस्था, कलाकारहरुको सहभागिता रहेको थियो । अध्यक्ष अमृत पौडेल, महासचिव जितेन्द्र थपलिया लगायतले संस्थाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।









