2026 April 25/ 06:17: 38pm

बिष्णु घिमिरे
साउदी

    साउदीको टेलि मनि बैंक एवं  सिटि एक्सप्रेस मनि ट्रान्सफर नेपालको संयुक्त  आयोजनामा नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस कार्यक्रम अन्तर्गत साउदीमा कार्यरत महोत्तरीका जम्शेदन दाफले बम्पर उपहार स्वरुप ‘निसान सनीकार प्राप्त गरेका छन ।
    साउदीको रियाद वथामा १९अगस्ट १०२२ शुक्रबारका दिन नेपालका सिटी एक्सप्रेस मनी ट्रान्सफरका म्यानेन्जिङ्ग डाइरेक्टर चन्द्र टन्नन, टेलिमनी तथा सिटी एक्सप्रेस मनी ट्रान्सफर साउदी कन्ट्री म्यानेजर जितेन्द्र थपलिया, नेपाली दूतावास नियोग उप प्रमुख दिलीप कुमार पौडेल लगाएत नेपाली समुदायको बाक्लो उपस्थिति वीचमा उपाहार कार हस्तान्तरण गरिएको थियो भने नदाफले साउदीबाट ४ हजार ९ सय ९९ रियल नेपालमा श्रीमतीलाई रकम पठाउँदा सनि कार जित्न सफल भएका हुन ।
     यो बम्पर अफर उपहार योजना १ मार्च  २०२२ देखि २ महिनाको लागि सञ्चालन भएको थियो । लक्की ड्र मार्फत विजेता छनोट भएका थिए । बम्वर अफर उपाहार योजना अन्तर्गत १५ जनाले सामासुङग्यालेक्सी फोन ३ जनाले १० ग्राम सुन, ३ जनाले ५ हजार साउदी रियल, ३ जनाले आईफोन १३ प्रोमाक्स, उपहार प्राप्त गरेका छन । साउदीमा रहेको टेलिमनी बैंकद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरले १२ बर्ष देखि सेवा सुविधा दिँदै आएको छ । यसका शाखाहरू साउदीमा २५ भन्दा बढीरहेका छन भने साउदीको नेपाली समुदायमा सिटी एक्सप्रेस मनी ट्रान्सफर विश्वासीलो र भरपर्दाे मानिन्छ । साथै साउदीमा हुने हरेक कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सहभागिता जनाउँदै आएको छ ।