2026 April 25/ 06:16: 28pm

    बनेपा/नेपाली विद्यार्थी समाज दक्षिण कोरिया र कोरियन युनिभर्सिटी आल्मुनाई एशोसिएसन अफ नेपालद्वारा बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा रहेका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिएको छ । 
    जनसन्देश आधारभुत विद्यालय महाभारत १ गोकुले, बालकल्याण आधारभुत विद्यालय महाभारत २ अमलबास, बुद्ध आधारभुत विद्यालय महाभारत ३ ठाडे खोला, बुढानिलकण्ठ आधारभुत विद्यालय महाभारत ४, गौरी आधारभूत विद्यालय महाभारत ५, गैलेस्वरी आधारभूत विद्यालय महाभारत ६ गल्टार, ज्योति आधारभूत विद्यालय महाभारत ७ बास्पुर, गडुलदेवी प्राथमिक विद्यालय महाभारत ८ घर्तिछाप लगायतका ८ वटा विद्यालयबाट ८० जना विपन्न असहाय गरीब तथा जेहेन्दार विद्यार्र्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।