2026 April 25/ 06:17: 38pm

    बनेपा/बनेपाको मुटु चारदोबाटो हुँदै शिर मेमोरियल अस्पताल जाने सडकको बीच भागमा रेडक्रस अगाडी रहेको वाकु गणेश मन्दिरको गजुर प्रतिस्थापन गरिएको छ । सुनको मोलम्बा सहितको गजुर सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख शान्तिरत्न शाक्यले प्रतिस्थापन गरेका हुन् ।     तत्कालिन स्थानीय सरकारका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा, वडा अध्यक्ष बर्ण शाक्यले बजेट विनियोजन गरी शुरु भएको वाकु गणेशको पुर्ननिर्माण सम्पन्न भए लगत्तै गजुर प्रतिस्थापन गरिएको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पुर्व मन्त्री गोकुल बास्कोटाले स्मार्ट सिटीको अवधारणा अनुसार बनेपाको पुरानो बस्ति, सम्पदा तथा मठ मन्दिरहरुको पुनर्निमाण गर्ने उदेश्यले रेडक्रस अघिको पोखरी, तिनधारा, विद्युत्त प्राधिकरण अघिको पोखरी, जनागालको सेतो पाटी लगायतका सम्पदाहरुको पुर्ननिर्माण गरिएको छ । अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरुले शुरु गरेका काम धमाधम सम्पन्न हुँदै गएकाले आफुले उद्घाटन गर्न पाउँदा खुशी लागेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभ भयो । नगरपालिकाले खानेपानी, सरसफाई र पुर्वाधार निर्माणमा ध्यान दिएको नगर प्रमुख शाक्यले बताउनु भयो । 
    कार्यक्रममा उपप्रमुख विमला सापकोटा, निर्वतमान वडा अध्यक्ष वर्ण शाक्य, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोरा, ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख राजेश सिलवाल, समाजसेवी रत्नकुश रञ्जित, वडा अध्यक्ष हिटलर शाक्य, बरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, निर्माण समितिका अध्यक्ष शोकसुधार भैल, सचिव सरस्वती तौजले, कोषाध्यक्ष अर्जुनदास श्रेष्ठ, सदस्यहरु पुष्पकाजी श्रेष्ठ लगायतले मन्दिरको इतिहास र पुर्ननिर्माणका सन्र्दभमा धारणा राख्नु भएको थियो । मन्दिर पुर्ननिर्माणका लागि ६० लाख ८२ हजार रुपैया खर्च भएको छ । १८ लाख समितिले बचत गरेको छ । बनेपामा ८ वटा गणेशको मन्दिरले बनेपा नगरबासिहरुको रक्षा गर्ने विश्वासका साथ स्थापना भएका थिए । सबै मन्दिरहरुको धमाधम पुर्ननिर्माण भईरहेको छ । सोहि अवसरमा मन्दिर निर्माणमा सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।