2026 April 25/ 06:17: 40pm

    बनेपा/दिपंकर चुडाकर्म सघंको आयोजनामा विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले मनाउने गरेको गुँला धर्म पर्व बनेपामा गत आईतबार सम्पन्न भएको छ ।
  गुँला पर्व समापन सगै नेपाल संवत ११४२ भाद्र कृष्ण त्रयोदशीका दिन बनेपा नगरका शाक्य ,बज्राचार्य लगायत पन्चदान पर्व मनाएका छन् । सन् ११११ नेपालको बौद्ध परम्परा अनुसार बाहाःबही मा प्रवर्जित हुनु भएको गृहस्थ भिक्षुहरुलाई विभिन्न समुदायहरुले पाँच प्रकारका बस्तुहरु (चामल, धान, गहुँ, जौ ईत्यादी) दान गरि प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशी दिन पञ्जराँ पर्व मनाईन्छ । यस दिनको दानलाई महत्वपूर्ण स्थान दिने गर्दछ । यो दिनमा दान गर्नाले अपार पुण्य प्राप्त हुने जन बिस्वास रहि आएको छ । त्यसै गरी १ महिना अगाडी बाट शुरु गरिएको गुँला धर्म पर्व समेत आईतबार समापन गरिएको छ । 
    हिनयान, महायन र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगबान बुद्ध प्रतिको आस्था प्रकट गर्दै एक महिना सम्म गुँला पर्व मनाउदै आएका छन् । श्रावण शुक्ल प्रतिपदा देखी भाद्र शुक्ल प्रतिपदा सम्म मनाईने पर्वमा बौद्ध धर्मको भक्तिभाव झल्काउने कृयाकलाप गर्दै आएका छन् । 
दिपंकर चुडाकर्म सघंका अध्यक्ष बर्ण शाक्यका अनुसार शाक्य मुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रुपमा यो एक महिनाको अवधिलाई लिने गरिन्छ । शाक्यका अनुसार गुँला पर्वमा बौद्ध स्तुपा, चण्डेश्वरी, मठमन्दिर, गुम्बा आदिमा परिक्रमा गर्दे बुद्ध भगवानको ध्यान गर्ने परम्परा रहेको बताए । परम्परागत संस्कृतीको संरक्षण गरी दिनँहु बिहान स्नान गरी बजागाजा सहित सम्पुर्ण तिर्थ स्थलको परिक्रमा गर्ने चलन रहेको शाक्यले जानकारी दिए । उक्त पर्वमा प्रयोग हुने बाजाको संरक्षण दिपंकर चुडाकर्म सघंले गर्दै आएको छ । 
    त्यसैगरी नेवारी भाषमा ‘गुँ’को अर्थ नौ हो भने ‘ला’ को अर्थ महिना अर्थात ‘गुँ’को अर्थ जगंल र ‘ला’ को अर्थ बाटो भएकाले नेपाल सम्वत्को नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिएको छ । यो महिनामा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बढि हुने हुनाले क्षति कम होस् भन्नाका लागी पनि यो पर्व मनाउँदै आएको किम्वदन्ती रहेको छ । हरेक बिहान ‘गुँला’ बाजा बजाउँदै मठ मन्दिर परिक्रमा गरेर पर्व शुरु गरिदै आएको छ । सिठः नखका दिन थन्काईएको बाजालाई गठे मंगलका दिन निकालेर गुँला पर्व शुरुवातको दिन निकाल्ने गरिन्छ र श्रावण शुल्क प्रतिपदा गुँला ध्व देखी बाजा बजाउन शुरु गरिने शाक्यले बताए । नेवार समुदायका गोपीहरुले पानीका मुहानहरुमा पुजा गरी परिक्रमा गर्ने चलन रहेको र असार भरी पानी परेर थुनिएका मुहान ढल, कुलेसो, खोल्सो आदी यहि समयमा खोल्ने गरिएको छ । प्राकृतिक विपत्तिमा कोहि पनि नपरुन्, रोग व्याधि नफैलियोस् भनि सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको शाक्यले वताउनु भयो । पर्व समापनमा मित्र राष्ट थाईल्याण्ड नेपाल स्थित राजदुत महामहिम
Vositf Vorasaph, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा, ७ नम्बर वडा अध्यक्ष हिटलर शाक्य लगाएतको सहभागिता रहेको थियो ।