धुलिखेल/अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिपकप्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कमलबहादुर रायले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव जयराम कूइँकेलले संस्थाको आ.व. २०७८/०७९ मा गरेको कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको छ । संस्थाको ३ हजार ४ सय ४२ जना सदस्य रहेको जानकारी गराउनु भएको थियो । संस्थाका कोषाध्यक्ष जनक तिमल्सिनाले संस्थाको आ.व. २०७८/०७९ को वित्तिय प्रतिवेदन प्रस्तुत गर्दै शेयरपूँजी २ करोड ९२ लाख ७७ हजार, निक्षेप तर्फ २५ करोड ९८ लाख ४८ हजार २ सय १२, ऋण लगानि तर्फ २४ करोड ४६ लाख ९० हजार ३ सय ५२ र ३१ करोड ८८ लाख ४३ हजार ८९ को वासलात रहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता महिलातर्फ लक्ष्मी के.सी, उत्कृष्ट बचतकर्ता पुरुष तर्पm रामहरी खत्री, ऋणी महिला यशोधा के.सी, ऋणी वावु कार्की, बाल बचतकर्ता शाम्भवि
तिमल्सिना, उत्कृष्ट कारोवार कर्ता उदय प्रकाश गिरी, सर्वाधिक मोबाईल बैँकिङ प्रयोग कर्ता कृष्णप्रसाद लामिछाने र उत्कृष्ट कर्मचारी श्रीराम तिमल्सिनालाई मायाको चिनो, दोसल्ला र प्रशंसा पत्र सहित सम्मान गरिएको ।









