2026 April 25/ 06:17: 39pm

बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं बार्षिकोत्सव सम्मपन्न भएको छ । 
संस्थाको वार्षिकोत्सबको अवसरमा संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल १२ मा रहेको मानव कल्याण समाजलाई नगद  प्रदान गरेको संस्थाका अध्यक्ष उदयराम कायस्थले बताउनु भयो । संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आएको, सदस्यहरुलाई विभिन्न प्रकारका सेवा प्रदान गर्दे आएको कायस्थले बताउनु भएको भयो । बार्षिकोत्सव कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष उदयराम कायस्थको अध्यक्षतमा सम्पन्न भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य सचिव सरोजकुमार तिमल्सेनाले राख्नु भएको थियो ।  तिमल्सेनाले संस्था २०५३ साल भाद्र १५ गते १४ जना युवाबाट मासिक रु. २०।- राखि २०७९ असार मसान्त सम्ममा  १० हजार ८ सय  सदस्य तथा  ४५ करोडको वासलात पु–याउन पुगेको जानकारी दिनुभयो । संस्थाले मुख्य कार्यालय साथै सेवा केन्द्रहरुमा दिप प्रज्वलन समेत गरेको संस्थाका प्रवन्धक अनिल दाहालले बताउनु भयो ।