2026 April 25/ 06:16: 30pm

बनेपा/गोर्खा विकास बचत तथा ऋण सहकारी संसथा लिमिटेडको १२ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पनन भएको छ । 
प्रमुख अतिथी सापकोटाले अहिले बनेपामा सहकारीहरुमा जुन समस्या आएको छ त्यसलाई समयमानै समाधान गर्न सकिएन भने त्यसले ठुलो दुर्घटना निम्त्याउने बताउनु भयो । जबसम्म सहकारी पारदर्शी, जवाफदेहिता र जिम्मेवारी हुदैनन् तबसम्म सहकारीहरुमा समस्या आईरहने सापकोटाले बताउनु भयो । बनेपा नगरपालिकामा १ घरमा ३ वटा सम्म सहकारी छन् तर बनेपा नगरपालिका भित्र मात्रै कार्यक्षेत्र भएका कमै मात्रै सहकारी भएका र उक्त सहकारीलाई प्रदेश सरकारले अनुगमन गर्ने भएकाले थप समस्या भएको सापकोटाको भनाई रहेको थियो । नगरपालिकाले नगरपालिकामा अनिवार्य सहकारी दर्ता, घरभाडा वहाल कर, सम्पत्तीकर तिर्न आग्रह गर्नु भएको थियो । सहकारीले जारी गरेको सहकारी ऐन र निर्देशन अनिवार्य लागू गर्न सहकारीलाई निर्देशन दिनु भएको थियो । 
कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका महासचिब रविन्द्र बैदार, मानव समाज कल्याणका अधयक्ष सुमित्रा चौलागाई(मानव) नेपाल सहकारी पत्रकार समाजका सचिव अर्जुन खड्का लगायतका ब्यक्तिहरुले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रबन्धक किशोर दुलालले गर्नु भएको थियो । संस्थाको २०७९ साउन मसान्त सम्मको शेयर पूँजी ३ करोड २१ लाख २१ हजार, कुल बचत २७ करोड २३ लाख, ६६ हजार, जगेडा कोष १ करोड, ५ लाख ७ हजार, कर्जा लगानी २९ करोड २६ लाख ६१ हजार, तरलता रकम ५ करोड ९८ लाख ९४ हजार, कुल सम्पति ४१ करोड ३४ लाख ६६ हजार रहेको जनाएको छ । 
कार्यक्रममा संस्थाका कार्यक्षेत्र काभ्रे जिल्लाभरी र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकासम्म विस्तार गरी सदस्यलाई लघुवित्त तथा वित्तिय सेवा प्रदान गर्दै आइरहेको कार्यालय प्रमुख मनोज आचार्यले बताउनु भयो ।  संस्थाले सहकारी ऐन, नियम कार्यविधि मापदण्ड र संस्थाको विनियम र नियमावलिको अधिनमा रहि सहकारी मार्फत सदस्यहरुको जीवनस्तर वृद्घि र वित्तिय जागरण ल्याउनको लागि विभिन्न खालका कार्यक्रम, समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ । संस्थाले १० दश लाख रुपैँयाँ ऋण विमा, सदस्य वा आफन्तको मृत्यु राहत, वित्तिय जागरण, स्वास्थ्य शिविर, दन्त शिविर, राहत वितरण, पुशुपालन तालिम, सदस्यहरुलाई विउ विजन तथा कृषि अभिमुखिकरण तालिम, लघुवित्त तालिम एकल महिलालाई भत्ता वितरण, सुत्केरी भत्ता वितरण, कुखुरा तथा बट्टाई पालन तालिम, जेष्ठ नागरिक भत्ता वितरण, स्थानिय पर्व तथा मठ मन्दिरमा मेला पुजा पाठ भएको समयमा निःशुल्क खानेपानी वितरण, लघुवित्तमा आबद्ध महिला सदस्यलाई हरितालिका तिजको अवसरमा चुरा, धागो, पोते वितरण, समय समयमा सदस्य र संस्था विच अन्र्तकृया कार्यक्रम, लेखापढी व्यवसायीसँग अन्र्तकृया, विभिन्न ब्यापार ब्यबसायीहरु सँग अन्र्तक्रिया, एसईईमा सर्वोकृष्ट अंक हासिल गर्नेलाई प्रत्येक वर्ष साधारण सभामा सम्मान कार्यक्रम, तिज विशेष कार्यक्रम लगायतका थुप्रै कार्यहरु गर्दै आएको प्रबन्धक किशोर दुलालले बताउनु भयो । कार्यक्रम संस्थाका अधयक्ष अजय कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।