धुलिखेल/धुलिखेल नगरपालिकाले तिज कार्यक्रम आयोजना गरेको छ । तिज पर्वलाई साास्कृतिक रुपमा मनाउन नगरपालिकाले नगरबासिहरुमा अनुरोध गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले सबै पर्वहरुलाई उत्तिक्कै महत्व दिएको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख निराजन जंगम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, धुलिखेल नगरपालिका निवर्तमान उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र राना मगर, कार्यपालिका सदस्य कमला काफ्ले लगायतले तिजको महत्वको बारेमा मन्तब्य राख्नु भएको थियो ।









