2026 April 25/ 06:32: 32pm

बनेपा/नेपाली काँग्रेस काभ्रेले ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गरेको छ । अभियानको केन्द्रिय सदस्य रमा कोइरालाले उद्घाटन गरेकी थिईन् । 
    जिल्ला सभापति तिर्थ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आर्चाय, गणेश लामा, बाग्मति प्रदेशका महामन्त्री कन्चनचन्द्र बादे, महासमिति सदस्य सार्र्कीमान बल, प्रतिनिधि सभा सभापति तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, प्रदेश सभापति क्षेत्र नं १ (क) का सभापति राम योन्जन, (ख) का सभापति चन्द्र लामा, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति तथा पाँचखाल नगरका मेयर महेश खरेल, नमोबुद नगरका मेयर कुन्साङ लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र लामा, भुम्लु गाउँपालिकाको उपाध्यक्ष तथा भुम्लुका सभापति दावा लामा, महाभारत गाउँपालिकाका उपाध्यक्ष तथा सभापति सागर मोक्तान, खानीखोला गाउँपालिकाका सभापति तथा उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतका नेताहरु सहभागी थिए ।
    अभियानका लागि तीर्थ लामा पनौती नगरपालिका, ठाकुरप्रसाद न्यौपाने पाँचखाल नगरपालिका, रमेशप्रसाद हुमागाई नमोबुद्ध नगरपालिका, गुणराज मुक्तान तेमाल गाउँपालिका, माधव ढकाल बेथानचोक गाउँपालिका, समिर व्यञ्जु चौरीदेउराली गाउँपालिका, रविन्द्रनाथ सिग्देल खानीखोला गाउँपालिका, जगन्नाथ गिरि महाभारत गाउँपालिका, अच्यूत प्र पौडेल भुम्लु गाउँपालिका, प्रचण्डराज प्रधान बनेपा नगरपालिका, सुन्दरमणी आचार्य धुलिखेल नगरपालिका, नारायण तिमल्सिना मण्डनदेउपुर नगरपालिका, रामकृष्ण हुमागाई रोशी गाउँपालिकाले जिम्मेवारी प्राप्त गरेका छन् । त्यसैगरी जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र नेताहरुलाई १ सय ३५ वडामा जिल्ला प्रतिनिधिको रुपमा खटाएको छ ।