2026 April 25/ 04:51: 28pm

बनेपा/ज्ञानमाला भजन खलःको काभ्रेको ब्यबस्थापनमा दशांै राष्ट्रिय ज्ञानमाला सम्मेलन बनेपामा आगामी पौष २३ देखी २५ गते सम्म हुने भएको छ । 
भजन खलःले सम्मेलनलाई ब्यबस्थित र सफल पार्नका लागि विभिन्न समिति तथा उप समिति गठन गरेको छ । ज्ञानमाला भजन खलः काभ्रेका अध्यक्ष जगतनारायण मानन्धरका अनुसार नेपाल राष्ट्रिय ज्ञानमाला समितिले देशभरी सञ्चालन भई रहेका भजन खलःहरुलाई एउटै छाता मुनि संगठित गरेर प्रत्येक ३ बर्षमा उपत्यकाभित्र तथा देशको विभिन्न जिल्लाहरुमा राष्ट्रिय ज्ञानमाला सम्मेलन गर्दे आएको बताउनु भयो ।