2026 April 25/ 04:51: 27pm

बनेपा/दलित महिला केन्द्र नेपाल र सपोर्ट नेपालद्वारा संचालित कोभिड–१९को आघात पछि सशक्तिकरणको बाटो परियोजनाले महिला तथा पछाडि पारिएका वर्गहरुका लागी राहत वितरण गरेको छ । 
संस्थाका बोर्ड सदस्य प्रभा परियारले बनेपा नगरपालिकाको वडा नम्बर ४, १० र १३ मा अति विपन्न र पिछडिएका महिलाहरुका लागी ३ महिनाको लागी खाध्य सामाग्री वितरण गरेको बताउनु भयो । यु एन ओम्यानको आर्थिक सहयोगमा वडाको सिफारिसमा उक्त परिवारहरुलाई राहत सामाग्री वितरण गरिएको परियारले बताउनु भयो । वडा नम्बर १० का कार्यवाहक वडा अध्यक्ष सुशिल थापाले वडामा अति बिपन्न परिवारलाई वडाको सिफारिसमा खाद्यान्न वितरण गरिएको बताउनु भयो । वडाका १३ जना परिवारलाई ग्याँस सिलिन्डर सहित १ थान, चुल्हो १ थान, चामल, दाल, नुन, चिनि, साबुन सेनेटरी प्याड, सिटामोल औषधी, मोबाई र रिचार्ज कार्ड रु ५०० को सहित वितरण गरिएको थापाले बताउनु भयो । थापाले सहयोगी संस्थालाई धन्यबाद दिदै वडा एक्लैले केहि गर्न नसक्ने भएकाले विभिन्न संघ संस्थाहरुको सहयोगमा वडाबासीहरुको सेवामा लाग्ने बताउनु भयो । राहत वितरणमा कार्यपालिका सदस्य दौपद्रा खत्री, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । उक्त राहत ३ वटा वडामा ३९ जनालाई ३ महिनालाई पुग्ने खाद्यान्न दिने संस्थाकी सदस्य बिमला विश्वकर्माले जानकारी दिनुभयो ।