बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा र नेफ्स्कूनको प्राविधिक सहयोगमा बागमती प्रदेशका दोस्रो क्लस्टरमा सहभागी साकोसहरु बिच ३० औं कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला गोष्ठी बनेपामा सम्पन्न भएको छ ।
आयोजक संस्था मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहालको सभापतित्वमा भएको उक्त गोष्ठीमा प्रमुख अतिथी नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले गर्नु भएको थियो । गोष्ठीमा प्रमुख अतिथी पनेरुले अहिले देशभरिकै सहकारी संस्थाहरुमा केहि सहकारीहरुमा समस्या आएकाले सचेत रहन आग्रह गर्नु भयो । सहकारीहरु सहकारीको सिद्धान्त ऐन कानुन अनुसार नचेलको सञ्चालकहरुले नै लगानी अन्यत्रतर्फ गरेकाले अहिले समस्यामा परेको बताउनु भयो । सहकारी–सहकारीबिच द्वन्द्वका कारणले पनि केहि सहकारीहरुमा समस्या परेकाले सहकारीको सिद्धान्त अनुरुप चलेका सहकारीहरुलाई समेत असर पर्दै गएको पनेरुले बताउनु भयो । नेफ्स्कूनले मसिनो ढंगबाट पनि नियालिरहेको र सहकारीहरुको समस्या केहि समयमा समधान हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष बालकृष्ण दाहालले सहकारीहरुको नियमन, अनुगमन नगर्दाको परिणामले अहिले भटाभट सहकारीहरुको भागेको, ऋण लगानी अन्यत्र गरेको र सदस्यहरुको रकम फिर्ता गर्न नसकेर भागेको बताउनु भयो । दाहालले जस्तोसुकै राम्रो सहकारी भएपनि एकै पटक सदस्यहरुले रकम फिर्ता लगेपछि समस्या हुने बताउनु भयो । गोष्ठीमा एक्सेस ब्राण्ड प्राप्त गर्न सुचाङ्ग पूरा गर्न, सहकारी सहकारी बिच बित्तिय अवस्थाका बारेमा अनुभव साटासाट र थप ब्यबस्थित गर्न उक्त गोष्ठिको आयोजना गरिएको मनकामना साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताउनु भयो । गोष्ठीमा बुडोल सामुदायीक साकोस बनेपा, सामुहिक साकोस, हाम्रो जनकल्याण साकोस, मिलिजुली कालिञ्चोक साकोस, यूवा साकोस, नवजागरण साकोस, जनमुखी साकोस, शुभकामना साकोस र मनकामना साकोस गरी ९ वटा सहकारीको सहभागिता रहेको थियो । गोष्ठिमा स्वागत मन्तब्य मनकामना साकोसका उपाध्यक्ष गोपाल घिमिरेले राख्नु भएको थियो ।









