2026 April 25/ 04:50: 58pm

८ कार्यकर्ता पक्राउ पछि रिहा
    बनेपा/नागरिकता विधेयक खारेजी, तत्कालीन केपी ओली नेतृत्वको सरकारले विप्लब नेकपा माओवादीसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न, अदालतबाट जारी पक्राउ आदेश फिर्ता लिन, एमसीसी र एसपीपी कार्यान्वयन नगर्न लगायतका माग राखेर चार दलले गरेको बन्दका क्रममा प्रहरीले ८ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका कार्यकर्ताहरुलाई साँझ रिहा गरिएको छ । प्रमोद, दयाराम, प्रशान्त, राजेन्द्र, पल, संगित, बसन्ती, मनिस लगायतका कार्यकर्ता पक्राउ पछि रिहा भएका हुन् ।  
    नियन्त्रणमा लिएका कार्यकर्ताहरु नेकपा माओवादी विप्लब निकट रहेका छन् । बनेपाको चारदोबाटो चोकमा कुचो लिएर सरसफाई गरिरहेका नेकपा माओवादी विप्लब, नेकपा माओवादी समाजवादी, बैज्ञानिक समाजबादीका कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको थियो । प्रहरीले हटाउन खोजेसँगै भएको सामान्य झडपमा कार्यकर्ताहरुले सार्वजनिक यातायातमा ढुंगा प्रहार गरेका थिए । लगत्तै स्थानीयहरुले समेत बन्दकर्ताहरुको प्रतिकार गरेका थिए । प्रहरीले बन्दकर्ताहरु नियन्त्रणमा लिने प्रयास गरे पछि झडप भएको थियो । झडपका क्रममा केहि कार्यकर्ता घाईते भएको नेकपा माओवादी निकट विप्लब जिल्ला सेक्रेटरी दुर्गा सिं तामाङ प्रेरकले जानकारी दिनु भएको छ । उहाँले पक्राउ गरिएका कार्यकर्ताहरुको रिहाई र घाईतेको उपचारका लागि सरकारको ध्यानार्कषण गराएको बताउनु भएको थियो । 
    बन्द सफल बनाउन चार दलका कार्यकर्ताहरुले बनेपामा अघिल्लो साँझ सोमबार मसाल प्रर्दशन गरेका थिए भने विपी राजमार्गको ध्ुलिखेल ८ रानाछापमा प्रेसर कुकरमा खतरा लेखेर त्रसित बनाएका थिए । नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले डिस्पोज गरेको थियो ।