2026 April 25/ 04:50: 59pm

    धुलिखेल/जिल्लामा कार्यरत कर्मचारीहरुले सरकार समक्ष विभिन्न माग राख्दै विरोधका कार्यक्रम आयोजना गरी नागरिकहरुलाई सेवा दिईरहेका छन् । 
    नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चमा आवद्ध सबै कर्मचारीहरुले भदौ ५ गते विहान ९ बजे देखि कार्यालयको गेटमा बसेर पर्चा वितरण गरेका थिए भने भाद्र ६ गते देखि १७ गतेसम्म सबै कार्यालयहरुमा मागहरु लेखिएको कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी कामकाज गरिरहेका छन् । कर्मचारीहरुले निजामती सेवा ऐन तत्काल जारी गर्न, क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चित लगायतका मागहरु राखेका छन् ।