2026 April 25/ 04:50: 57pm

बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लेखा समितिले छानविन टुङ्गयाएको छ । छानविन सकेर प्रतिवेदन बुभाएको लेखा समिति संयोजक शिवप्रसाद आचार्यले जानकारी दिनु भएको छ । 
    ‘प्रतिवेदन बुझाएका छौं, प्रतिवेदन भित्र लेखिएका कुरा भन्न मिल्दैन’–संयोजक आचार्यले भन्नुभयो–‘संचालक समितिलाई बुझाएको प्रतिवेदन संचालक समितिको निर्णय पछि मात्रै सार्वजनिक हुनेछ ।’ छानविनलाई सहज बनाउन अध्यक्ष जितेन्द्र नकर्मीले कार्यवाहक उपाध्यक्ष सागर कपालीलाई दिएका थिए । संचालक समितिको बैठक बसेर प्रतिवेदन उपर छलफल गर्ने बताईएको छ । अध्यक्ष नकर्मी तत्कालिन समयमा कोषाध्यक्ष हुँदा ऋण लगानी गर्दा कमिसन लिएको विषयमा छानविन गरिएको थियो । नकर्मी निर्वाचन समितिको संयोजक भएर गएका बखत युयम साकोसमा परिवारका सदस्यहरुलाई नै निर्वाचित गराएको, विदेशमा भएका ब्यक्तिलाई नेपालमै भएको जस्तै गरी संचालकमा निर्वाचित गराएको विषयले पनि छानविन समितिमा चर्चा भएको थियो । तर उक्त सहकारीले आगामी साधारण सभाबाट संचालक समिति परिवर्तन गर्ने निर्णय गरिसकेको छ । प्रतिवेदनमा कमिसन लिएको भनेको रकमको श्रोत खुलेको छैन । संचालकहरु ऐन विपरित निर्वाचित भएकालाई कानुन अनुसार गर्नु भन्ने उल्लेख गरिएको छ । 
    उता जिल्ला सहकारी संघमा गठित छानविन समितिले पनि प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । संचालक सदस्य सुर्दशन अधिकारीको संयोजकत्वमा गठित समितिले बुझाउने प्रतिवेदनमा ऐन विपरित संचालक भएकाहरुलाई पनि नैतिकताको प्रश्न उठाएको छ भने भवन निर्माण तथा अन्य शिर्षकमा भएको अनियमितताका बारेमा पनि छानविन गरेको छ ।