2026 April 25/ 04:23: 17pm

बनेपा/काभ्रे क्याम्पसमा अध्यनरत स्नातक प्रथम वर्षमा अध्यनरत विद्यार्थिहरुले क्याम्पस हाता भित्र सरसफाई गरेका छन् ।
परिर्वतन हामी आफुबाटै शुरु हुने हो भावनाले उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको संयोजक जंगबहादुर महतले जानकारी दिनुभयो । स्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने नारा लिई सरसफाईलाई आगामी दिनमा समेत निरन्तरता दिने महतले बताउनु भयो । सरसफाई कार्यक्रममा विद्यार्थि, प्राध्यापक, कर्मचारी लगाएतको सहभागिता  रहेको थियो ।