नाला/महिला जागरण समुहको २७ औ वार्षिक उत्सवको अवसरमा १ दिने निःशुल्क दन्त शिविर तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महिला जागरण समुह, नारी जागरण समुह, नारी चेतना साकोस र सत्यश्री कृषि स्टोरको आयोजना र आई सि डि नेपालको प्राविधिक सहयोगमा उक्त शिबिरको आयोजना गरिएको थियो । शिबिरमा १ सय १३ जनाले दाँत तथा स्थास्थ्य परिक्षण गराएका थियो । आइ सी डी नेपालले स्वास्थ्य शिबिरका कार्यक्रमहरु गर्दे आएको अध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिनु भयो ।









