नाला/पतंजली योग समिति काभ्रेको आतिथ्यता र श्री चामुण्डा देवी योग साधना केन्द्र नालाको संयोजनमा भएको उप–योग शिक्षक तलिमको समापन भएको छ ।
तालिम समापन कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्रले गर्नु भएको थियो । तालिममा ४८ जना योग उप शिक्षक प्रशिक्षार्थिहरुलाई प्रमुख मिश्रले प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रमुख अतिथी मिश्रले काभ्रे जिल्लाको योग जागरण प्रति प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले प्रशिक्षित योग उप–शिक्षकहरुबाट आफूले सिकेको योग अभ्यासलाई स्वस्थ समाज निमार्ण गर्नको लागि हरेक क्षेत्रबाट सकृय हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पतंजली योग महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा बाग्मती प्रदेशका प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, केन्द्रिय सदस्य रुद्रनाथ बस्याल, बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले मन्तव्य राख्न ुभएको थियो । कार्यक्रम समारोहको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन बनेपा नगरका संयोजक मनिषा बडालले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको थियो ।
त्यसै गरी उक्त कार्यक्रममा चामुण्डा देवी योग साधना केन्द्रको कार्यसमिति गठन गरिएको थियो । नव गठित कार्यसमितिमा संयोजक सहदेव श्रेष्ठ, सदस्य प्रतिमा श्रेष्ठ, सदस्य लिला घिमिरे(दाहाल), सदस्य श्याम बुढाथोकी (सिग्देल), सल्लाहकारहरु माधव सिग्देल, गौतम श्रेष्ठ, निर्मला श्रेष्ठ र प्रकाश बजगाईको नव गठित पदाधिकारीहरुलाई केन्द्रिय प्रभारी लव देव मिश्र, केन्द्रिय सदस्य रुद्रनाथ बस्याल, बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले पदस्थापन गराउनु भएको थियो । सोही दिन बनेपा नगरमा भएको कन्या पूजामा सहभागीहरुलाई पतंजली योग समिति काभ्रेका पदाधिकारीहरुले पानी खुवाउने व्यवस्था समेत गरिएको थियो ।









