2026 April 25/ 04:23: 16pm

विकास तिमल्सिना/पनौती
पनौती नगरपालिकामा एकल महिलाहरुको अधिकार संरक्षण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
    पनौती नगरपालिका महिला शाखाको आयोजनामा मंगलबार अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जारा, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, महिला शाखा प्रमुख लक्ष्मी पोखरेल, मानव अधिकारकर्मी भोजराज तिमल्सिना लगायत नगरभित्रका एकल महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै उप–प्रमुख बञ्जाराले एकल महिला भएकै कारण महिलामाथी हुने विभेद स्विकार्य नभएको वतमउनु भएको छ  । बन्जाराले  एकल महिलाको दैनिकी सहज बनाउन नगरपालिकाले विशेष मामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको, आर्थिक उपार्जनका कार्यक्रममा प्राथमिकता दिइएको बताउनु भयो । पछिल्लो समय महिलाहरु पनि आफ्नो अधिकार रक्षाको लागि संगठित हुँदै गएको भन्दै उप–प्रमुख बञ्जाराले खुसी व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले मानव जाती माथीकै विभेद गलत रहेको बताउनु भएको थियो । अधिकारीले  अहिले पनि पहिरनमा, भोजनमा तथा विभिन्न संघसंस्थामा एकल महिलालाई गरिने व्यवहार फरक रहेको भन्दै दुःख व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले एकल महिलाको हक, अधिकारको बारेमा जानकारी गराउनु भएको थियो ।