2026 April 25/ 04:23: 17pm

    बनेपा/दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनको शिलशिलामा पुगेका नेपाली बिधार्थीहरुको संगठन नेपाली बिधार्थी समाज (सोनसिकको) १९ औ अधिबेशन सम्पन्न भएको छ ।
    अगस्ट १३ र १४ तारेखमा सम्पन्न अधिबेशनले सभापतिमा मनिष पाण्डे निर्वाचित भएका छन् । समितिमा उप सभापतिहरु सिद्धान्तबिक्रम पाण्डे, मेघनाथ पौडेल, प्रियस ढकाल, मनोज कुमार बानिया रहेका छन् । सचिव विक्रम खड्का, उपसचिव दिवाकर चौलागाई, कोषाध्यक्ष भरत खत्री रहेका छन् । सदस्यहरुमा तोपेन्द्र वली, प्रकाश नेपाली, सृजना तिवारी, सिजन खड्का, गायत्री थापा मगर रहेका छन् । दक्षिण कोरिया सरकारमा दर्ता भएको उक्त संस्थाले बिगत देखि नै नेपाली विधार्थी  र नेपालीको हितमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ । कोरोनाले विश्व थलिएको अबस्थामा भर्चुअल माध्यमबाट कोरियामा रहेका नेपाली बिधार्थीको समस्या पहिचान गर्दै समस्या समाधानमा सम्बन्धित निकायमा पहल गर्ने कामलाइ निरन्तरता दिईरहेको छ । । साथै संस्थाले नेपाली फेस्टिवल लगाएतका कार्यक्रमबाट नेपाली कला र संस्कृतिलाई कोरियन माझ चिनाउन अग्रणी भूमिका खेलेको छ ।