बनेपा/बनेपा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरस्तरीय शैक्षिक सामाग्री प्रर्दशनी प्रतियोगिता आयोजना गरेको छ ।
प्रदर्शनीको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । शाक्यले विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्त कृयाकलापमा जोड दिनुपर्ने बताउनु भयो । घोकन्ते शिक्षा भन्दा प्रयोगात्मक शिक्षाबाट विद्यार्थीहरुले चाँडो सिक्ने भएको हुदाँ प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो र हामीले शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिनु पर्ने बताउनु भयो र नगरका सम्पूर्ण विद्यालयमा भौतिक सुविधा पर्याप्त रहेता पनि शैक्षिक क्षेत्रमा सन्तुष्टि हुन नसकेको बताउनु भयो र निजी भन्दा सामुदायीक विद्यालयमा नतिजा खस्कँदो अबस्थामा गैईरहेकाले त्याता तर्फ सोच्नुपर्ने नगर प्रमुख शाक्यले बताउनु भयो ।
नगर उपप्रमुख विमला सापकोटाले नगरले पहिलो पटक शैक्षिक प्रर्दशनी आयोजना गरे पनि विद्यार्थीहरुको सहभागिता राम्रो रहेको बताउनु भयो । यस कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने सापकोटाले बताउनु भयो । उक्त कार्यक्रमबाट विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुटन हुने भएकाले यस्ता कार्यक्रमहरु गर्दे जानुपर्ने बताउनु भयो । अहिले सामुदायीक विद्यालयहरुको भयो केहि समय पछि निजी विद्यालयहरुको समेत उक्त शैक्षिक प्रर्दशनी गर्नुपर्ने उपप्रमुख सापकोटाले बताउनु भयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले शैक्षिक प्रर्दशनी सँगै विभिन्न अन्तर–विद्यालय खेलकुद, हाजिरीजवाफ, बक्तृत्वकला लगाएतका विभिन्न कार्यक्रमहरु गर्दैे जाने बताउनु भयो । प्रर्दशनीमा सामुदायीक विद्यालयका ३० वटा विद्यालयका प्रारम्भीकदेखी कक्षा ५ सम्मका विद्यार्थीहरुले प्रर्दशनी देखाएका थिए । प्रर्दशनीमा विभिन्न विद्यालयबाट विद्यार्थी, शिक्षक, अभिभावक गरी १ हजार भन्दा बढीले अबलोकन गरकेका थिए । कार्यक्रम पन्चकन्या बैन्क्युटमा भएको शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठीले बताउनु भयो ।









