2026 April 25/ 04:23: 18pm

बनेपा/काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जूनियर जेसीजको संयुक्त आयोजनामा सुरक्षित र व्यवस्थित बनेपा अन्तर्गत बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय बनेपासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  
कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय काभ्रेका प्रमुख राजेश सिलवालले आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटनमा संलग्न सवारी साधनहरु सबै भन्दा बढी मोटरसाईकल भएको बताउनु भयो । त्यसपछि टिपर, ट्रक, बस र अन्य सवारी साधन दुर्घटना भएका र दुर्घटना हुनुको कारण पहिलो त सवारी चालकको लार्पवाहि, त्यसपछि सडकको अबस्था र नागरीकहरुका कारण गर्दा पनि दुर्घटना हुने गरेको सिलवालले बताउनु भयो । अपराधका घटना दैनिक १२८का दरले बढ्दै गईरहेको र जम्मा ४६ हजार ९ सय २ अपराधका घटना घटेकोमा कर्तब्य ज्यान सम्बन्धी ५ सय ९० वटा रहेको छ । बनेपा नगरपालिकामा ९६ वटा अपराधका मुद्धा दर्ता भएको सिलवालले बताउनु भयो । सुरक्षित र ब्यबस्थीत बनेपा बनाउनका लागी सबै संघ सस्था ट्रफिक प्रहरी र ईलाका प्रहरी मिलेर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी बनेपा नगरपालिका प्रमुख शान्ती रत्न शाक्यले बनेपालाई सुरक्षित र ब्यबस्थीत बनाउन नगरपालिका लागि सकेको बताउनु भयो । शुरुमा सरसफाई र फुटपाथ ब्यबस्थापन शुरु गरिएको शाक्यले बताउनु भयो । नगरपालिका एक्लैले केहि गर्न नसक्ने भएकाले सबै सगं हातेमालो, नगरबासीको सथ र सहयोग, विभिन्न सघं सस्था सगं समन्नवय र  गरी बनेपालाई सुरक्षित र ब्यबस्थत बनाउने बताउनु भयो । अब्यबस्थीत पार्किङ्गलाई केहि दिनमै ब्यबस्थीत गर्ने, फुटपाथलाई निरन्तर ब्यबस्थित गरिने, फोहोरलाई वडागत रुपमै ब्यबस्थित गरिने, खानेपानि चाँडो भन्दा चाँडो नगरबासीहरुलाई खुवाउने गरी काम गरेको नगर प्रमुख शाक्यले बताउनु भयो । 
कार्यक्रममा उप प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख नारायण थापा, वडा अध्यक्षहरु, यातायात ब्यबसायी, विभिन्न सघं सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वाग मन्तब्य काभ्रे लेडिज जेसीज २०२२ की अध्यक्ष सुनिता बादेले राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व काभ्रे जेसिज २०२२ का अधयक्ष सन्जिब मानन्धरले गर्नु भएको थियो ।