2026 April 25/ 04:24: 07pm

काठमाडौ/रोटरी क्लब अफ काठमाडौ हाईटको तेस्रो स्थापना दिवस एवं पदस्थापन र पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
 स्वार्थ भन्दा माथि सेवा भन्ने साझा उद्देश्यका साथ क्रियाशील रोटरी क्लब अफ काठमाडौ हाईटले मानवीय र सामाजिक कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउदै आएको छ ।
कार्यक्रममा वर्ष २०२२/२३ का नवनिर्वाचित अध्यक्ष राजाराम जोशीलाई रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले सपथ ग्रहणसँगै पदभार ग्रहण गराउनु भएको थियो कार्यक्रममा निवर्तमान अध्यक्ष सचिन अवालेले ग्याबेल गङ साथै संस्थापक अध्यक्ष समिर नेपालले चार्टर सर्टिफिकेट हस्तान्तरण गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले आफ्नो कार्यकालमा साक्षरता, वातावरण संरक्षण, बृक्षारोपण, अनाथ आश्रममा सहयोग, खानेपानी, बिपत्ती ब्यबस्थापन मानवीय सेवा कार्यमा निरन्तर सहयोग तथा योगदान दिने बताउनु भएको थियो । 
कार्यक्रममा रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले मानवीय सेवा भावनासहित समुदायमा रचनात्मक कामहरु गर्न आफना मातहतका क्लबहरुलाई सुझाव दिदै थोरै थोरै सहयोगबाट वृहत कार्यक्रम गर्न सकिने बताउनुभयो । रोटरी इन्टरनेशनलको यस बर्षको थिम क्ष्mबनष्लभ च्यतबचथ रहेको र सबै मिलेर  सार्थक गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष समिर नेपालले आफ्नो क्लबमा कृयाशिल युवाहरु भएको र सबैको सहकार्य र योगदानबाट स्थापनाको छोटो अवधिमै धेरै कार्य गर्न सकिएको र अबका दिनमा पनि यो सहकार्य र सकृय योगदानको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । कार्यक्रममा वर्ष २०२१÷२२ का अध्यक्ष सचिन अवालेले आफ्नो कार्यकालमा गरेको कार्यक्रमबारे प्रकाश पार्दै सहयोगी पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए । वार्षिक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा झोला वितरण, साक्षरता, बातावरण संरक्षण, बृक्षारोपण, अनाथ आश्रममा सहयोग, खानेपानी, पोलियोविरुद्ध सचेतना कार्यक्रम लगायत गरिएको उनले बताउनु भयो । 
कार्यक्रममा रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्रमान शेरचन, पास्ट डिष्ट्रिक गभर्नर सञ्जय गिरी, पास्ट डिष्ट्रिक गभर्नर राजिव पोख्रेल, असिस्ट्यान्ट गभर्नर दिपक कुमार श्रेष्ठ, डिष्ट्रिक सेक्रेटरी अमित गिरी, फस्ट लेडी बुनु तिम्सिना लगाएतको उपस्थिती थियो । कार्यक्रम क्लब सेक्रेटरी कुमुदा पोख्रेलले संचालन गर्नु भएको थियो ।