2026 April 25/ 04:24: 07pm

    नाला/नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखाको आयोजना, चण्डेश्वरी माध्यमिक विद्यालय नाला, Rotary Community Corps ( RCC) Pipalchaur,Supreme Dental Care Red Cross Building Banepa,Rotaract Club of Kums को सह प्रायोजक आर्थिक तथा प्राविधिक सहयोग योगदान  पु¥याउनु हुनेमा Foundation,Rotary Club of Comox,Rotary Club of Dhulikhel, Rotaryb Club of Kavre Valley,, बनेपा नगरपालिका वडा नं.४ कार्यालयको संयुक्तमा नालामा एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 
शिविरमा बाथ मुटु रोग मुटुरोग परीक्षण, इसिजी, दाँत सम्बन्धि परीक्षण उपचार दाँत निकाल्ने, सफा गर्ने आवश्यक परामर्श, रिफरल परामर्श लगाएतका सेवा प्रदान गरेको थियो ।  विद्यालय र समुदायका बिरामीहरु ३५० जनालाई सामान्य बाथ मुटुरोग र  मुटुरोग जाँच डा.राहुल श्रेष्ठ र डा. श्रेया श्रेष्ठद्वयले परिक्षण गर्नु भएको थियो । काठमाण्डौ बिश्व विद्यालयबाट आउनु भएका एमबीबीएसमा अध्ययनरत पोषण सापकोटा र  सोनाली राईले सामान्य बिरामीहरुको परिक्षण  गर्नु भएको थियो । सुप्रिम डेन्टलका  डा.प्रकाश सुवाल र सहयोगी  निरुता लामाले १४० जना दन्त रोगीहरुको परीक्षण र उपचार गरी दिनु भएको थियो । 
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको प्राविधिक र ब्यबस्थापकीय सहयोगमा संचालित कार्यक्रममा कृष्णा सिकु श्रेष्ठद्वारा १८ जनाको इसिजि गर्नु भएको थियो । चण्डेश्वरी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु ५० जना र अन्य १० जना समेत ६० जना सहभागीहरुलाई डा. हेमराज कोइरालाबाट मुटु रोगका लागि जीवन शैली परिवर्तन गर्न आवश्यक बिषयको जानकारीमूलक कक्षा संचालन गर्नु भएको थियो । त्यसैगरी नेपाल हृदयरोग निवारण प्रतिष्ठानका कार्यसमिति सदस्य तथा तालिम संयोजक अन्जीरमैया श्रेष्ठले ब्लडप्रेसर, थर्मामिटर र तौल नाप्ने सम्बन्धि तालिम संचालन गर्नु भएको थियो । 
    कार्यक्रमको संयोजन नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखाका कार्यसमितिका कोषाध्यक्ष मोहमाया श्रेष्ठले गर्नु भएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखाका कार्यसमिति अध्यक्ष सिद्धिबहादुर कर्माचार्य, सचिव राजेन्द्र कोङा, सह–कोषाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, सदस्य मेनुका घोसाइने लगायतको सहभागिता रहेको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सभापति अशोककुमार श्रेष्ठ, सचिव सिद्धिबहादुर कर्माचार्य, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, स्वास्थ्य शिविर संयोजक पल्लवी प्रधान, प्राविधिक सुरज प्रजापती, रोटरी क्लब अफ काभ्रे भ्यालीका संयोजक अनुपकुमार श्रेष्ठ, सहर्ष जोशी, सुनी, मानिक लाल कालु श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।