पनौती । पनौती नगरपालिका वडा नम्बर ४ को पहलमा एैरिगाउँका आगलागी पिडित कान्छा खत्रीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । पुर्व नगर प्रमुख भिम न्यौपाने, उप–प्रमुख गीता बञ्जारा, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल सहित विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । पुर्व नगर प्रमुख न्यौपानेल विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त प्राप्त ४६ हजार ७५ रुपैयाँ सहयोग पिडितलाई हस्तान्तरण गर्नुभएको छ । यस्तै ज्योति मिर्मिरे सामुहिक साकोसले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । श्रावण १८ गते विहान खाना पकाउने क्रममा ग्याँस लिक भई कान्छा खत्रीको घरमा आगलागी भएको थियो । आगलागीको क्रममा २५ लाख भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । सहयोग हस्तान्तण कार्यक्रममा बोल्दै पुर्व नगरप्रमुख न्यौपानेले विपत्तिमा सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै वडा अध्यक्ष दाहालले आवश्यक थप सहयोगको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।









