दाप्चा/नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रमा सरसफाई अभियान शुरु गरिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा फुलबारी देखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्म सरसफाई अभियान शुरु गरिएको हो ।
नगर प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगर सभा सदस्य, कर्मचारी र स्थानीय समेतको सहभागितामा बिहिबार फुलबारी देखि सफाई गर्न शुरु गरिएको छ । पर्यटकीय क्षेत्र नमोबुद्ध, दाप्चा जान समेत प्रयोग हुने उक्त सडकमा फालिएका फोहोर टिप्ने, पहिरो पन्छाउने, ढल, नाली समेत सफा गरिने नगर प्रमुख लामाले बताउनुभयो । ‘सचेतना जगाउने समेत उद्धेश्यले अभियानको रुपमा सरसफाई शुरु गरेका हौं,’ नगरप्रमुख लामाले भन्नुभयो, ‘वडा कार्यालयहरुलाई क्रियाशिल बनाएर सरसफाई कायम गर्छौं ।’ नगरपालिकाले विभिन्न स्थानमा डस्टविन समेत व्यवस्था गरेको छ ।









