2026 April 25/ 02:31: 04pm

धुलिखेल/पंतजली योग समिति काभ्रे र धुलिखेल नगर समितिको आयोजनामा सत्सग कार्यक्रम तथा समिती पुर्नगठन गरिएको छ ।  
पुर्नगठित समितीको सयोजकमा दिवाकर जंगम सदस्यमा अरुण कुमार चित्रकार,सुष्मा बजगाई, कमला थापा शारदा चित्रकार रहनु भएको  छ । कार्यक्रममा  पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेको प्रमुख आतिथ्यता तथा बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । 
 पदाधिकारीहरुलाई प्रमुख अतिथि तौजलेले रुद्धाक्ष माला र प्रमान–पत्र प्रदान गरी नव गठित समितिबाट काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन उत्कृष्ट  भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो  । सत्सग कार्यक्रमबाट धुलिखेल नगरमा आगामी श्रावण २१ गतेदेखि १ नं. वडा देखि १२ नं. वडा सम्म वडा स्तरिय दैनिक योग शिविरको आयोजना गरिने निर्णय गरिएको तौजलेले बताउनु भयो ।  कार्यक्रममा  स्वागत मन्तब्य पंतजली महिला अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो ।  कार्यक्रममा पंतजली योग समितिका कर्पोरेट सदस्य उद्धव प्रसाद तिमल्सिना, पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व पंतजली योग समिति धुलिखेल नगरका संयोजक विष्णू प्रसाद शर्माले गर्नु भएको थियो, भने कार्यक्रमको संचालन धुलिखेल नगरका महामन्त्री पुष्पलाल श्रेष्ठले गर्नुभएको थियो । 
त्यसै गरी चामुण्डा देवी योग साधना केन्द्रमा नयाँ कार्य समिती गठन गरेको छ । समितीको संयोजक सहदेब श्रेष्ठ, उप संयोजक प्रतिमा श्रेष्ठ,सचिब लिला श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ रहनु भएको छ ।