2026 April 25/ 03:05: 25pm

    बनेपा/रोटरी क्लब अफ काभ्रे भ्यालिको आयोजनामा साउन १५ गते बनेपाको बृद्धा आश्रम परिसरमा बृक्षा रोपण गरेको छ । क्लबका  अध्यक्ष अनुपकुमार श्रेष्ठले बृक्षारोपण सँगै बृद्धाआश्रमा रहेका बृद्ध बृद्धाहरुलाई खिर खुवाइएको बताउनु भयो ।  उक्त दिन मै सुप्रीम डेन्टलको प्राविधिक सहयोगमा दाँत परिक्षण गरेको श्रेष्ठले बताउनु भयो । फलफुलका बिरुवाहरु बृक्षारोपण गरी आश्रममा रहेका बृद्धाहरुलाई समय अनुसारको फलखान मिल्ने बताईएको छ । क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दे आएको र आगामी दिनमा समेत गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको  थियो । कार्यक्रममा रोटरी क्लब अफ काभ्रेका अध्यक्ष दमन कुमार श्रेष्ठ, समाजसेवी अशोक श्रेष्ठलगाएतको सहभागिता रहेको थियो ।