2026 April 25/ 03:07: 02pm

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ को आयोजनमा वडाका विभिन्न टोलमा आउटरिच(गाँउघर)  क्लिनिक सन्चालन गरेको छ ।  
वडामा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा जान नस्कने जेष्ठ नागरिक,गर्वभति महिलाहरूका लागि उत्त क्लिनिक सन्चालनमा ल्याईएको वडा अध्यक्ष वलराम अधिकारिले बताउनु भयो ।
वडाले सम्पुर्ण नागरीकहरुलाई सेवा प्रदान र स्वास्थ्य सेवा प्रदान गर्नका लागी प्रत्येक महिना उक्त गाँउघर क्लिनिक सञ्चालन गरिएको बताउनु भयो । भौतिक विकास मात्र नभई नागरिकको स्वास्थ्य प्रमुख रहेकाले उक्त कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा निरन्तर गरिने अधिकारीले बताउनु भयो ।  वडाको ओपीमा हरेक महिनाको १५ गते, वकुटोलमा प्रत्येक महिनाको १६,१७ र १८ गते,र अन्य टोल टोलमा गई सेवा प्रदान गर्ने बताईएको छ । क्लिनिकमा आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज श्याम काजि श्रेष्ठ, स्वास्थ्य स्वयम सेविका लक्ष्मी कारंजीत, लक्ष्मी अवाले सहजी करण गरी आमा समुहलाई समेत पुर्नरगठन गर्नु भएको थियो ।