बनेपा/नेपाली कांग्रेस काभ्रेका संस्थापक नेता प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा बुधबार विहान निधन भएको छ ।
नीजि निवास बनेपामा बुधबार विहान निधन भएको परिवारले जानकारी दिएको छ । उनको बुधबार बनेपामा अन्त्येष्टी गरिएको छ । बादेले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको नेपाली काँग्रेस काभ्रेले पटक पटक चर्चा गर्दै आएको छ । बादेका छोरा कञ्चन कांग्रेस बागमती प्रदेशका महामन्त्री हुन् । गोपालदासका दुई छोरा भुषण र कञ्चन, छोरी जीवना छन् । बादेको निधन प्रति चेष्टा साप्ताहिक गहिरो शोक ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ ।









