2026 April 25/ 03:06: 40pm

बनेपा/ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे, काभ्रे महिला जेसीज, उमंग बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा सौन्दर्य कला ब्यवसायी संघ नेपालको सह आयोजनामा बनेपामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 
    बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा कृयाशिल ४३ जनाले रक्तदान गरेका थिए । जेसीज काभ्रे, बनेपा जुनियर जेसीजको सहयोग रहेको रक्तदान कार्यक्रममा चेष्टा साप्ताहिक र प्राईम एफएम १०४.५ मेगाहर्जको मिडिया पार्टनर रहेका थिए । रक्तदान कार्यक्रम अघि ब्लड डोनर्स एशोसिएसन नेपालका अध्यक्ष गणेशकुमार रञ्जित र प्रमुख प्रशिक्षक प्रतिमा मानन्धरले महिलाहरुले ब्लड दान गर्दा हुने फाईदा, ब्लड दिन सकिने अवस्थाका बारेमा अभिमुखिकरण गराएका थिए । कार्यक्रममा काभ्रे महिला जेसीजका अध्यक्ष सुमित्रा बादे श्रेष्ठ, सौन्दर्य कला ब्यवसायी संघका अध्यक्ष सुस्मा प्रधान, उमग साकोसका उमेश श्रेष्ठ तथा अन्य पदाधिकारी र संचालकहरुको सहभागिता रहेको थियो । सहभागिहरुले जिल्लामा रहेको ब्लड बैकलाई अझै ब्यवस्थित बनाउन, संकलन भएको रगत खेर जान नदिन तथा जिल्लामा रगत अभाव हुन नदिन जिल्लामा भएको रगतलाई जिल्लाकै ब्लड बैकमा जम्मा गर्न अनुरोध गरेका छन् । 
    जिल्लामा रगत अभाव हुन नदिन केहि संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट जम्मा भएको रगतलाई काठमाडौको नीजि अस्पतालमा पठाउने गरेका छन् ।