धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा बैकिङ्ग सुरक्षा सम्बन्धी विषयमा अन्र्तक्रिया गरेको छ ।
प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला स्थित रहेका बिभिन्न बैंक तथा वित्तीय संख्याका शाखा प्रबन्धक तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी प्रमुख चक्रराज जोशीले अपराध अनुसन्धानमा बैंक तथा वित्तीय संस्थाको भूमिकाको सम्बन्धमा प्रकाश पारेका थिए । साथै बैंक तथा वित्तीय संस्थाहरुको विधमान सुरक्षा अवस्थाको समीक्षा गरेका थिए । प्रहरी नायव उपरीक्षक हरी खतिवडाले नेपालमा भइरहने आर्थिक अपराधहरु, अपराधको न्युनीकरणमा बैंकिङ शिक्षाको महत्व र एटिएम बैकिङ्ग सुरक्षाका सन्र्दभमा प्रस्तुतिकरण गरेका थिए ।









