2026 April 25/ 02:31: 05pm

बनेपा/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा बनेपा नगरपालिकामा नगरका जनप्रतिनिधिहरु तथा शाखा प्रमुखहरुलाई  विपद् जोखिम व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
तालिमको उद्घाटन नगर प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको थियो । नगरप्रमुख शान्ति रत्न शाक्यले नगरपालिका पूर्व तयारी अबस्थामा रहि विपद ब्यबस्थापनमा लाग्ने बताउनु भयो । विपद् ब्यबस्थापनका लागी कोषको स्थापना, ऐन निर्माण लगाएतका कामहरुलाई अगाडी बढाउने शाक्यले बताउनु भयो । विपद् भनेको थाहा दिएर आउदैन त्यसैले नगरपालिकाले विपद् ब्यबस्थापनमा पूर्व तायरी गरिरहेको नगर प्रमुख शाक्यले बताउनु भयो । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले कोरोना, भुकम्प, बाढिपहिरो जस्ता ठुला विपद्लाई सामना गर्दे आएको बताउनु भयो । यि सबै विपद् अकास्मत आएकाले हामीले विपद ब्यबस्थापनको पूर्व तयारी अवस्थामा रहनुपर्ने सापकोटाले बताउनु भयो । विपद् जोखिम न्युनीकरण तथा ब्यबस्थापनका लागी ऐनको ब्यबस्था, कोष स्थापना तथा सञ्चालन कार्यविधि, स्थानिय स्तरमा विपद सम्बन्धि नियमित बैठक, आपतकालिन खोज उद्धार र राहत सामाग्री तायरी अबस्थामा राख्नुपर्ने उप–प्रमुख सापकोटाले बताउनु भयो । तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यका बारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणका उप–कार्यकारी निर्देशक डा. गणेश कुमार जिजीले गर्नु भएको थियो । तालिमको सहजिकरण उप–सचिब  चित्राङ्ग बराल, राष्ट्रिय विपद् जोखिम न्यनिकरण तथा ब्यबस्थापन प्राधिकरण काठमाडौंका श्याम लामा र यादव नेपालले गर्नु भएको थियो । तालिम शनिबार र आईतबार नगरपालिकामा सञ्चालन भएको थियो ।