2026 April 25/ 02:31: 10pm

उत्कृष्ट नयाँ क्लबबाट सम्मानित
    रोटा वर्ष २०२१–२०२२ को रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट अवार्ड कार्यक्रम काठमाडौँको होटेल याक एण्ड एतिमा सम्पन्न भएको थियो ।
    कार्यक्रममा रोटरी ईन्टरनेशनल लडिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गर्भनर रोटरीयन सन्तोष रिजालको उपस्थितिमा विभिन्न क्लबका सम्मानित क्लबहरुलाई सम्मान गरिएको थियो । रोटरी क्लब अफ काभ्रे भ्यालिका अध्यक्ष अनुपकुमार श्रेष्ठलाई रोटा वर्ष २०२१–२०२२ को रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट अवार्डमा उत्कृष्ट नयाँ रोटरी क्लब, शान्ति र द्वन्द्व कार्यक्रममा उत्कृष्ट र क्लब चार्टर पुरस्कारद्धारा सम्मानित गरिएको थियो । सो अवार्ड सम्मानले रोटरी क्लब अफ काभ्रे भ्यालिलाई अझै पनि सामाजिक क्षेत्रमा थप सहयोगका कार्यहरु गर्न उत्साह मिलेको क्लबका अध्यक्ष अनुपकुमार श्रेष्ठले बताउनु भयो ।
    त्यसैगरी रोटरी क्लब अफ काभ्रे भ्याली, रोटरी क्लब अफ बालाजु र रोटरी क्लब अफ कीर्तिपुरको संयुक्त बैठकको अवसरमा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्र स्थापनामा महिलाको भूमिकाबारे छलफल कार्यक्रम आयोजना गरिएको थियो ।