बनेपा/ट्राफिक प्रहरी कार्यालय बनेपाले चालक सहचालकहरुका लागि स्वास्थ्य परिक्षण गराएको छ । नियमित सडकमा हिड्ने चालक सहचालकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख राजेश सिलवालले बताउनु भयो ।
अरनिको राजमार्ग हुँदै चल्ने सवारी साधनहरुका चालक सह चालकहरुमा हुने प्रेसर, सुगर तथा आँखाको परिक्षण गराईएको सिलवालले बताउनु भयो । सोहि अवसरमा मजदुरहरुलाई दुर्घटना न्युनिकरण सम्वन्धी प्रशिक्षण दिईएको थियो । आँखाको परिक्षणलाई रेयुकाई मासुनागा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ ।









