2026 April 25/ 01:13: 35pm

    बनेपा/इन्डो नेपाल इन्भाईटेसनल कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवन आर्मी क्लवमा भएको प्रतियोगितामा इन्डो नेपाल इन्भाईटेसनल कवड्डी प्रतियोगितामा नेपाल र भारतका विभिन्न क्षेत्रबाट खेलाडीहरुको सहभागिता रहेको थियो ।
    प्रतियोगितामा सहभागि खेलाडीहरु नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरबाट प्रतिस्पर्धा गराईएको थियो । नेपालको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाको टिम प्रथम भएको छ । भारतको टिमलाई हराउँदै नेपालको तर्फबाट सहभागि भएको उक्त टोलीले विजय हासिल गरेको हो ।