मण्डनदेउपुर/उमाकान्त पौडेल स्मृति प्रष्ठिानको संयोजन र अक्षरमार्ग, नेपालको आयोजनामा गोपाल पौड्याल मण्डनेद्वारा लिखित ‘उमाकान्त शोककाव्य’को लोकार्पण गरिएको छ ।
अक्षर मार्ग साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा डा.शैलेन्द्र प्रकाश नेपाल, मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा निम्न कवि, लेखकहरू पूर्ण श्रेष्ठ, विराज पौडेल धुर्व कुमार ताम्राकार, शुभद्रा दाहाल, सरस्वती चिमोरिया, जयन्ती पोख्रेल, काठमाडौँ, मिना चौलागाईं, सुशिला पौडेल, रेणु अधिकारी मौनता, टंकबहादुर बजगाईं खत्री , डा. लोकबहादुर लोप्चन, गोपाल नेपाल, रूपा पौडेल, सुस्मा आचार्य, तारा के.सी. प्रेम ओली, दुर्गारमण लम्साल, केदारनाथ पराजुली राधाकृष्ण पराजुली र उमेश पाण्डे लगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराईले पिताजीको नामबाट संस्था खोली दलित र पिछडिएका वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु धेरै राम्रो कामको शुरुवात भएको बताउनु भयो । डा.भट्टराईले संस्कृति, साहित्य र कलाको विकासमा स्थानीय सरकारले सहयोग गर्नु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले साहित्यकारहरूको विचार, भावना र सुझावलाई मनन गर्दै नगरपालिकाले संस्कृति, साहित्य र कलाको विकास र विस्तारमा सहयो गर्ने बताउँदै हाम्रो समाजमा विद्यमान कला, सिर्जनाहरू युवा पुस्तामा पु¥याउनु पर्ने बताउनु भयो । ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.लोकबहादुर लोप्चनले भाषा, साहित्यको साथै सबै जातजातिको कला, संस्कृतिलाई सहयोग र संरक्षण गर्न नगरपालिकाले योजनावद्ध रूपमा नै काम गर्ने नीति अगाडि सारेको बताउनुभयो ।
कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल र कवि सुदेश सत्यालले ‘उमाकान्त शोककाव्य’ को बारेमा समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।









